Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsउद्धार उडानको निरन्तरता, करिब साँढे ८ हजार स्वदेश फर्किए

उद्धार उडानको निरन्तरता, करिब साँढे ८ हजार स्वदेश फर्किए


काठमाडाैं, लकडाउनको ३ महिनामा १८ सय चार्टर्ड उडानमार्फत ४७० टन मेडिकल सामग्री नेपाल भित्रिएको छ । सर्वाधिक अन्तर्राष्ट्रिय उडान गर्नेमा नेपाल वायुसेवा निगम र आन्तरिकमा सीता एयरले महत्वपुर्ण भुमिका खेलेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ देखि लकडाउन घोषणा गरेसँगै व्यवसायीक उडानमा रोक लागेको थियो ।

चैत ११ देखि असार १० गतेसम्मको अवधिमा अन्तारिक र अन्तर्राष्ट्रिय गरी १ हजार ८ सय ११ वटा चार्टर्ड उडान हुँदा २४ हजार ६ सय ८३ जना यात्रुले सेवा पाए । नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको चार्टर्ड उडानको अनुमति दिने हवाई यातायात महाशाखाले शनिबार राति जारी गरेको तथ्यांक अनुसार १ हजार ८ सय ११ चार्टर्ड उडान मध्ये १ सय ६४ वटा अन्तर्राष्ट्रिय उडान रहेका छन् भने १ हजार ६ सय ४७ आन्तरिक उडान छन् । आन्तरिक चार्टर्ड उडानमध्ये १ हजार २ सय ८० घरेलु वायुसेवा कम्पनीका जहाजले गरेका थिए भने ३ सय ६७ वटा हेलिकप्टरबाट गरिएका आन्तरिक उद्धार उडान थिए । लकडाउनको पहिलो तीन महिनामा २१ हजार ४ सय ९९ यात्रुले ओहोरदोहोर गरेका छन् ।

अध्यागमन विभागका अनुसार, नेपालबाट १३ हजार ७५ नेपालसहित कम्तीमा ७९ मुलुकका नागरिक बाहिरिदा विदेशबाट ८ हजार ४ सय २४ जना हवाइ उडानमार्फत नेपाल आएका छन् । यसरी नेपाल आउनेमा अधिकांस श्रम गन्तव्यमा अलपत्र परेकाहरु छन् । लकडाउन अवधिभर अन्तर्राष्ट्रियतर्फ २९ वटा फरकफरक वायुसेवा कम्पनी, सैनिक वायुसेवा र चार्टर्ड उडान गर्ने विमान कम्पनीका जहाजले काठमाडौंको उडान भरेका थिए । उद्धार उडानमार्फत सरकारले निश्चित समयका लागि सर्तसहितको आवागमन खुला गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ