Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाबाट थप उद्दार उडान गर्न समिति गठन । भाडा सस्ताे गर्ने एजेन्सी छानिने

अष्ट्रेलियाबाट थप उद्दार उडान गर्न समिति गठन । भाडा सस्ताे गर्ने एजेन्सी छानिने


क्यानबेरा
कोरोनाका कारण अष्ट्रेलियामा अड्किएका नेपालीलाई स्वदेश फर्काउनका लागि थप उडानहरु गर्ने सम्बन्धमा अध्ययन गर्न नेपाली दूतावास क्यानवेराले समिति गठन गरेको छ ।
अष्ट्रेलियामा अझै पनि नेपालीहरु अड्किएको तथा केही निजी कम्पनीले आफु खुसी उडान गर्न विज्ञापन गर्न थालेपछि दूतावासले चासो दिदै अष्ट्रेलियाको नेपाली समुदायसंग छलफल गरि समिति बनाउने निर्णय गरेको हो ।

सोमबार दूतावासले गैर आवासिय नेपाली संघ अष्ट्रेलिया, अष्ट्रेलियाका नेपाली संघसंस्थाको महासंघ फेन्का, अष्ट्रेलियाका नेपाली चिकित्सकहरुको संस्था एम्डा,पत्रकारहरुको संस्था एन्जा तथा न्यु साउथ वेल्स, साउथ अष्ट्रेलिया र भिक्टोरियाका कन्सोलेटहरुसंग बैठक गरेको हो । बैठकपछि एनआरएनए अष्ट्रेलियाको संयोजनमा १५ सदस्यीय समिति बनाउने निर्णय भएको हो । समितिमा दूतावासको तर्फबाट यादव कोईरालाले प्रतिनिधित्व गर्ने तय भएको छ ।
बैठकमा सहभागी संस्थाहरुले केही दिनभित्र आफ्ना प्रतिनिधी राखेर समितिलाई पुर्णता दिने कोईरालाले जानकारी दिनुभयो । समितिले अष्ट्रेलियाबाट स्वदेश फकर्ने फर्कदा लाग्ने भाडा तय गर्ने, खुल्ला प्रतिष्प्रधाका आधारमा ट्राभल एजेन्सी छनोट गर्ने तथा उडान अनुमतिका लागि दूतावासलाई सिफारिस गर्ने काम गर्नेछ ।
समितिले प्रतिष्प्रधाका आधारमा भाडा तय गर्ने हुनाले यसअघि भन्दा सस्तो दरमा नेपाल फर्कन सकिने संभावना छ ।
केही निजी ट्राभल एजेन्सीले दूतावास र एनआरएनएसंग छलफल नै नगरि आफुखुसी उद्दार उडान गर्न लागेपछि दूतावासले समिति बनाएर व्यवस्थित गर्न लागेको हो । अब अष्ट्रेलियाबाट हुने उद्दार उडान समितिकै सिफारिसमा मात्र हुनेछ । समितिले केही दिनभित्र उडानका लागि आवश्यक मापदण्ड तय गर्नेछ ।
समितिले गरेको सिफारिसमा मात्रै दूतावासले उद्दार उडानका लागि नेपाल सरकारसंग अनुमति माग्ने राजदूत महेश दाहालले जानकारी दिनुभयो ।
यसअघि नेपाल सरकारले नेपाल एयर लाईन्सको दुई चार्टड उडानमार्फत सिड्नी र मेलवर्नबाट झण्डै ५ सय नेपालीलाई स्वदेश फर्काएको छ । त्यस उडानमा भाडा १६ सय ५० अमेरिकी डलर निकै महंगो भएको गुनासो आएको छ ।

यसअघि मेलवर्नबाट चार्टड विमानमा स्वदेश फर्कदै नेपाली

जुलाई ७ तारिखमा अष्ट्रेलियाबाट नियमित उडानबाट सिंगापुर लगेर त्यहाबाट विमान चार्टड गरि स्वदेश लैजाने भन्दै सुमेघ ट्राभलले टिकट बिक्रीको विज्ञापन गरेको छ । भाडा १२२० अमेरिकी डलर तोकिएको उक्त उडान बारे दूतावास र एनआरएनएलाई कुनै जानकारी नरहेको बताईएको छ । अब अष्ट्रेलियाबाट हुने सबै उद्दार उडानको प्रकृया भर्खरै गठन भएको समितिको सिफारिसमा मात्र हुन्छ राजदूत दाहालले भन्नुभयो ।

Photo- Anish Sapkota, SK with lense



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ