
ब्रिजवेन
कोरोना लक डाउनका कारण अष्ट्रेलियामा अड्किएका नेपाली स्वदेश फर्काउनका लागि विमान चार्टड गर्न तथा यात्रा संयोजन गर्न ईच्छक ट्राभल एजेन्सीका लागि आशयपत्र ( ईओआई )खुल्ला गरिएको छ ।
नेपाली दूतावास क्यानवेराको संरक्षणमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलको संयोजनमा गठन भएको समितिले ४८ घण्टाको समयसिमा तोकेर आशयपत्र बुझाउन सूचना जारी गरेको हो ।
सुरुवातमा ईच्छुक कम्पनीको विवरण संकलन गर्न आशयपत्र माग गरिएको हो । ईच्छुक कम्पनीको नामावली आएपछि मात्र यात्रु संख्या, समय र अन्य आवश्यक विषयमा छलफल गरि मापदण्ड तयार पारिने बताईएको छ ।
पहिलो चरणको छनोटमा परेका कम्पनीलाई उद्दार उडानको विस्तृत खाका पेश गर्न अनुरोध गरिनेछ । त्यसपछि मात्र छनोट गरिने एनआरएनए अष्ट्रेलियाका अध्यक्ष कँडेलले बताउनुभयो । छनोटका लागि समितिमा पारदर्शी ढंगले छलफल गरिनेछ । सस्तो र विश्वासिलो तवरमा उद्दार उडानको व्यवस्थापन गर्न सक्ने कम्पनी प्राथमिकतमा पर्नेछन् ।
छनोट कम्पनी र योजनासहित समितिले दूतावासलाई सिफारिस गर्नेछ । त्यसपछि उडान स्विकृतिका लागि दूतावासले नेपाल सरकारलाई अनुरोध गर्नेछ ।
कोरोनाका कारण अष्ट्रेलियामा अड्किएका नेपालीलाई स्वदेश फर्काउनका लागि थप उडानहरु गर्ने सम्बन्धमा अध्ययन गर्न नेपाली दूतावास क्यानवेराले समिति गठन गरेको हो ।
अष्ट्रेलियामा अझै पनि नेपालीहरु अड्किएको तथा केही निजी कम्पनीले आफु खुसी उडान गर्न विज्ञापन गर्न थालेपछि दूतावासले चासो दिदै अष्ट्रेलियाको नेपाली समुदायसंग छलफल गरि समिति बनाएको हो । समितिमा गैर आवासिय नेपाली संघ अष्ट्रेलिया, अष्ट्रेलियाका नेपाली संघसंस्थाको महासंघ फेन्का, अष्ट्रेलियाका नेपाली चिकित्सकहरुको संस्था एम्डा,पत्रकारहरुको संस्था एन्जा सदस्य छन् । समितिले अष्ट्रेलियाबाट स्वदेश फकर्ने फर्कदा लाग्ने भाडा तय गर्ने, खुल्ला प्रतिष्प्रधाका आधारमा ट्राभल एजेन्सी छनोट गर्ने तथा उडान अनुमतिका लागि दूतावासलाई सिफारिस गर्ने काम गर्नेछ ।
समितिले प्रतिष्प्रधाका आधारमा भाडा तय गर्ने हुनाले यसअघि भन्दा सस्तो दरमा नेपाल फर्कन सकिने संभावना छ ।
केही निजी ट्राभल एजेन्सीले दूतावास र एनआरएनएसंग छलफल नै नगरि आफुखुसी उद्दार उडान गर्न लागेपछि दूतावासले समिति बनाएर व्यवस्थित गर्न लागेको हो । अब अष्ट्रेलियाबाट हुने उद्दार उडान समितिकै सिफारिसमा मात्र हुनेछ । समितिले केही दिनभित्र उडानका लागि आवश्यक मापदण्ड तय गर्नेछ ।
समितिले गरेको सिफारिसमा मात्रै दूतावासले उद्दार उडानका लागि नेपाल सरकारसंग अनुमति माग्ने राजदूत महेश दाहालले जानकारी दिनुभयो ।
यसअघि नेपाल सरकारले नेपाल एयर लाईन्सको दुई चार्टड उडानमार्फत सिड्नी र मेलवर्नबाट झण्डै ५ सय नेपालीलाई स्वदेश फर्काएको छ । त्यस उडानमा भाडा १६ सय ५० अमेरिकी डलर निकै महंगो भएको गुनासो आएको छ ।
यस्ताे छ आशयपत्रकाे आवेदन