Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalकिन हुन्छ सीमामा भारतको थिचोमिचो ? सधै कमजोर नेपाल

किन हुन्छ सीमामा भारतको थिचोमिचो ? सधै कमजोर नेपाल


काठमाडौं /कञ्चनपुर । २०७३ फागुन २६ मा कल्भर्ट निर्माणलाई लिएर भएको विवादमा भारतीय पक्षले चलाएको गोली लागेर कञ्चनपुरको पुनर्वास–४ का गोविन्द गौतमको ज्यान गयो । सरकारले उनलाई शहीद घोषणा गरेपनि कञ्चनपुरको सीमा क्षेत्रमा अहिलेसम्म भारतीय पक्षको ‘दादागिरी’ रोकिएन । पछिल्लोपटक भारतीय पक्षले बेलौरी नगरपालिका–८ पचुईमा हुलाकी राजमार्ग निर्माणमा अवरोध गरिरहेको छ ।

नेपाल–भारत सीमा पिल्लर नम्बर ३८ देखि स्थानीय खट्टीखोलासम्म २०० मिटर सडक कालोपत्रे गर्ने तयारी भइरहँदा ठूलो संख्यामा आएका भारतीय सीमा सुरक्षा बल (एसएसबीले नेपालको भूमिलाई दशगजा भनेर अवरोध गरिरहेका छन् । गोविन्द गौतम मारिएको घटनापछि पनि दर्जनौंपटक भारतीय पक्षबाट नेपाली प्रताडित भए । गत वर्ष वैशाख १२ गते पुनर्वास नगरपालिका–९ बीच फाटामा तार लगाउँदा अवरोध मात्रै गरेनन्, तारबार नै भत्काइदिएका थिए । कञ्चनपुर पुनर्वासका किरण सुनारको नाममा रहेको लालपूर्जाको जग्गा समेत भारतीय पक्षले कब्जा गरेको छ । ३० वर्ष अघिसम्म पुनर्वास नगरपालिका–९ बिचफाटास्थित प्यारा ताल नेपालको रहेकोमा अहिले भारतले कब्जा गरिसकेको छ ।

नेपाल भारत सीमा विवाद सुल्झाउन बनेको सर्वे टोलीले कैलालीको ७०० सीमा स्तम्भदेखि कञ्चनपुरको ८११ सीमा स्तम्भसम्म अध्ययन गरेपनि विवाद समाधानका लागि ठोस काम हुन सकेको छैन । परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ,सीमाविद बुद्धिनारायण श्रेष्ठ लगायतका विज्ञले वारम्बार प्रमाण र दस्तावेजका आधारमा भारतीय पक्षसँग बलियो कुटनीतिक वार्ता गरेर सबै समस्याको समाधान खोज्न सुझाब दिदै आएपनि सरकारले आफ्नो कमजोर कुटनीति सुधार्न सकिरहेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ