Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोरोना संक्रमण नरोकिएपछि बुधबारबाट मेलवर्न ६ हप्ता लकडाउनमा

कोरोना संक्रमण नरोकिएपछि बुधबारबाट मेलवर्न ६ हप्ता लकडाउनमा


मेलवर्न
भिक्टोरियामा लगातार कोरोनो संक्रमण बढिपछि स्थानिय राज्य सरकारले मेलवर्न शहर र केही अन्य भागमा ६ हप्ता लक डाउन गर्ने घोषणा गरेको छ ।
भिक्टोरिया राज्यमा मंगलबार मात्र १९१ जनामा कोरोना संक्रमण देखिएपछि तेस्रो तहको लक डाउन गर्न लागिएको हो । अष्ट्रेलियाको अन्य राज्यहरुमा कोरोना संक्रमणको दर शुन्यमा झरिरहदा भिक्टोरियामा भने संक्रमणको दोस्रो छाल देखा परेको हो । निरन्तर संक्रमण उकालो लागेपछि मंगलबार राज्यका प्रिमियर ड्यानियल एण्ड्रयुजले पत्रकार सम्मेलन गरि लकडाउन गर्ने जानकारी गराउनुभएको हो । प्रिमियरका अनुसार मलवर्नको महानगरपालिकाको सबै क्षेत्र तथा मिचेल सायर क्षेत्रमा लक डाउन लागु हुनेछ ।
अब मलवर्नवासीले केवल चार कारणका लागि मात्र घर बाहिर निस्कन पाउनेछन् । खानेकुरा किन्न, काम तथा अध्ययन, व्याम गर्न र स्वास्थ्य सेवा लिन वा दिन मात्र बाहिर निस्कने पाईनेछ ।
लकडाउनमा रेष्टुरेन्ट, क्याफे, बार, फुडकोर्ट, प्ले ग्राउण्ड, जिम, क्यासिनो, सिनेमा, ब्युटी पार्लर सबै बन्द हुनेछन् । यस अबधीमा ११ र १२ कक्षाका विद्यार्थीहरु भने पुर्व योजना अनुसार विद्यालय फर्कनछन् । भने १० कक्षासम्मका विद्यार्थीको बिदा भने एक हप्ता थप गरिएको छ । त्यसपछि के गर्ने भन्ने चाहि स्वास्थ्यकर्मीको सुझाव अनुसार निर्णय गरिने बताईएको छ ।
अष्ट्रेलियामा हालसम्म ८ हजार ५ सय ६६ जनामा कोरोना लागेको छ । जसमध्ये १ सय ८ जनाको ज्यान गएको छ ।


ट्याग : #Australia, #corona, #victoria lockdown
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ