Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalसंसारकै लामो जात्रा रातो मच्छिन्द्रनाथको रथजात्रा रोकियो

संसारकै लामो जात्रा रातो मच्छिन्द्रनाथको रथजात्रा रोकियो


काठमाडौं– लकडाउनका कारण संसारभरकै लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको रथजात्रा रोकिएको छ । ललितपुरको पुल्चोकमा रथ निर्माणकार्य सकिएपनि कोरोना संक्रमणका कारण रथारोहण रोकिएको हो ।

पुजारीले अर्को साइतमा नजुराएसम्म रथारोहण हुनेछैन । बुधबार गुठी संस्थान कार्यालय ललितपुरले विज्ञप्ती जारी गर्दै रथारोहण अर्काे साइतमा हुने जानकारी दिएको हो । वर्षा र सहकालका रुपमा मनाईने यो जात्रा ज्यादै प्रसिद्ध र १५ सय वर्ष पुरानो रहेको किंवदन्ती छ ।कोरोना भाइरसका कारण विस्केट जात्रा, सेतो मच्छीन्द्रनाथ जात्रा, घोडेजात्रा लगायतउपत्यकाका चर्चित जात्रा पर्वहरु यो वर्ष प्रभावित बनेका छन् ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ