Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलवर्नमा ४ नेपाली विद्यार्थीमा कोरोना पुष्टी । लक डाउनकै बिच भएको थियो भेटघाट

मेलवर्नमा ४ नेपाली विद्यार्थीमा कोरोना पुष्टी । लक डाउनकै बिच भएको थियो भेटघाट


मेलवर्न, काेरोनाको दोस्रो छालबाट ग्रसित भिक्टोरिया राज्यको मेलवर्नमा ४ जना नेपाली विद्यार्थीलाई कोराना लागेको पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा भिक्टोरियामा १ सय ३४ जनालाई कोरोना लागेको छ ।
केही दिनअघि एक जना नेपाली विद्यार्थीलाई कोरोना लागेको थियो । उनी छुट्टै घरमा बस्ने अन्य ५ जना नेपाली विद्यार्थीको सम्पर्कमा पुगेका थिए । ती विद्यार्थीलाई कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कमा आएका ती ५ जनाले पनि परिक्षण गराएका थिए । उनीहरु मध्ये ३ जनालाई कोरोना लागेको पुष्टी भएको र अन्य दुई जनाको रिपोर्ट आउन बाकी रहेको गैर आवासिय नेपाली संघ भिक्टोरियाका संयोजक प्रेम कँडेलले जानकारी दिनुभयो ।
उनीहरु बस्ने क्षेत्र मेलवर्नको ग्लेनरोय भन्ने स्थान हो । यो स्थान कोरोनाको दोस्रो छालको हट स्पटमा परेकाले यसअघि नै एक दर्जन पोष्टकोडका सबअर्वहरुसंगै लक डाउनमा थियो । लक डाउनकै बिचमा ६ जना नेपालीहरु कसरी भेटे भन्ने अनुसन्धान भईरहेको छ ।
कोरोना संक्रमितहरुले आफ्नो पहिचान गोप्य राखेका छन् ।
उनीहरुको सबैको स्वास्थ अवस्था सामान्य रहेको र घरमै सेल्फ आईसोलसनमा रहेको कँडेलले नेपालट्युबलाई बताउनुभयो ।
उनीहरुलाई आवश्यक पर्ने खाद्यान्न र मानसिक सहायता प्रदान गरिने उहाँको भनाई छ । यसअघि मेलवर्नमा तीन नेपाली विद्यार्थीलाई कोरोना संक्रमण भएको थियो । उनीहरु तीन हप्तामा निको भएका थिए ।
यो संख्यासंगै अष्ट्रेलियामा ११ जना नेपालीलाई कोरोना संक्रमण देखिएकोमा सबैजना निको भइसकेका छन् ।
कोरोनाको दोस्रो छालबाट ग्रसित भिक्टोरियाका मेलवर्न बुधबारदेखि ६ हप्ताको लकडाउनमा छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ