Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalमुख्य खबर- नेपालमा भारतीय च्यानल बन्ददेखि अमेरिकी भिषा प्रभाव

मुख्य खबर- नेपालमा भारतीय च्यानल बन्ददेखि अमेरिकी भिषा प्रभाव


नेपालमा भारतीय च्यानल बन्द

प्रधानमन्त्री केपि शर्मा ओलिमाथी अतिरन्जित सामग्री प्रशारण गर्ने भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरिएको छ । बिहिवार विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटरहरुको टोलिले सरकारी स्वामित्वको दूरदर्शनबाहेक अन्य भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय गरेको हो । डिसहोम,मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामुहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले अतिरन्जित र अनर्गल प्रचार भारतीय टिभी च्यानलहरुले गर्दै आइरहेकोले बन्द गरिएको जानकारी दिए । केहि दिनयता प्रधानमन्त्री केपी शर्मा ओली तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयवस्तु बनाएर भारतीय च्यानलहरुले प्रसारण गर्दै आएका थिए । अब ति च्यानल नेपालमा हेर्न नमिल्ने बनाइएको छ ।
सरकारले क्लिन फिड लागु गर्नुअघिनै इन्टरनेटबाट अनाधिकृत रुपमा आउने भिडियो कन्टेन्टहरु रोक्न एमएसओहरुले आग्रह गरिरहेका छन् ।

अमेरिकी नयाँ भिसा नीतिका कारण १० हजार नेपाली विद्यार्थी मर्कामा

अमेरिकीले अन्तराष्ट्रिय विद्यार्थीलाई ध्यानमा राखेर ल्याएको नयाँ भिसा नीतिका कारण दश हजारभन्दा बढि नेपाली विद्यार्थी मर्कामा पर्ने देखिएको छ । हाल ल्याएको नयाँ भिसा नीतिमा अमेरिकामा अध्ययनरत बाहिरी मुलुकका विद्यार्थीहरू डिजिटल कक्षामा सहभागिता हुनबाट बन्चित हुनेछन् ।
यसबारेमा अमेरिकी सरकारको द स्टुडेन्ड एन्ड इक्सचेन्ज भिजिटर प्रोग्राम९एसइभिपि०ले सोमबार यसबारे जानकारी गराएको थियो । जसमा एम–वन र एफ–वन भिसामा परिवर्तन गरी नयाँ भिसा नीति कार्यान्वयनमा ल्याएको बताइएको छ ।

पारदर्शी भएर काम गर्न गृहको निर्देशन

मनसुनका कारण उत्पन्न हुने विपदको व्यवस्थापनमा नयाँ रणनीति अपनाई काम गर्न गृह मन्त्रालयले मातहतका कार्यालयहरुलाई निर्देशन दिएको छ ।
बिहिवार गृहमन्त्री राम बहादुर थापाले यस्तो निर्देशन दिएका हुन् । बाढी पहिरोको क्रम सुरु भएकाले सरकारले सबैलाई सचेत रहन आग्रह गर्दै आएको छ । बिहिवार बिहानै सिन्धुपाल्चोकमा आएको बाढिका कारण ३३ घर पुरिएका थिए । २० जना अझै बेपता छन् ।

पार्टी एकताको गाठो अझ कसौं-प्रचण्ड

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीचको विवाद मत्थर भएको छ । दुवैतर्फका निकट नेताहरुका कारण ओलि र प्रचण्ड साइजमा आएको स्रोतको भनाई छ । बिहिवार एक कार्यक्रममा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकता जोगाउँन आ–आफ्नो ठाउँबाट लाग्न सवैलाई आग्रह गरेका थिए । बिहिवार दिउसो साढे २ बजे अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीनिकट स्थायी कमिटी सदस्य प्रदीप ज्ञावली, सुवासचन्द्र नेम्वाङ र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसित भेट गरेका थिए । सो क्रममा एकताको गाठो अझ बलियो वनाउनुपर्ने तर्क उनले राखेका थिए ।

उपत्यकामा सार्वजनिक यातायात चल्ने

सरकारले काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात सुचारु गर्न दिने भएको छ । तीन जिल्लामा उच्च सावधानी अपनाएर सवारी चलाउन दिने भएको हो । अन्य जिल्लाहरुको हकमा पनि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने बिहिवार सरकारका प्रवक्ता युवराज खतिवडाले बताए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ