Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेकपा स्थायी कमिटीको बैठक सात दिनको लागि स्थगित

नेकपा स्थायी कमिटीको बैठक सात दिनको लागि स्थगित


काठमाडौं– सत्तारुढ दल नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक थप ७ दिनसम्मका लागि स्थगित भएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् यसबारेमा जानकारी दिएका हुन् । देशभर बाढी पहिराको प्रकोपले ठूलो जनधनको क्षति पुर्‍याएको परिस्थितिलाई मध्यनजर गर्दै बैठक आगामी शुक्रबारसम्म स्थगित गरिएको नेकपाले जनाएको छ ।

पार्टी प्रवक्ता श्रेष्ठले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ