Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमुख्य खबर पहिरोको वितण्डादेखि प्रधानमन्त्रीको सम्बोधनसम्म

मुख्य खबर पहिरोको वितण्डादेखि प्रधानमन्त्रीको सम्बोधनसम्म


नेपालमा शुक्रबार घटेका मुख्य घटनाहरु यस्ता छन् ।

नेपालमा बाढी पहिरोको वितण्डा, २४ को मृत्यु, ३६ बेपत्ता
तीनदिन यताको अविरल बर्षाका कारण देशका विभिन्न ८ जिल्लामा बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ । म्याग्दी, सिन्धुपाल्चोक, काभ्रेलगायत जिल्लामा ३६ जना बेपत्ता भएका छन् । उनीहरुको खोजिकार्य भइरहेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

विपत्तिमा परेकाको उद्दारमा जुट्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभर बाढी पहिरोको जोखिम बढेका बेला सबै निकायहरु जिम्मवार भएर उद्दार कार्यमा लाग्नुपर्ने बताएका छन् । उनले शुक्रबार बेलुकी देशवासीका नाममा सम्बोधन गर्दै मातहतका कार्यालयलाई जिम्मेवार हुन निर्देशन दिएका हुन् ।

सार्वजनिक सवारी नखुलाउने व्यववसायिको निर्णय
यातायात व्यवसायीहरूले सार्वजनिक सवारीसाधन सञ्चालन नगर्ने भएका छन् । सरकारले आफूहरुका मागप्रति चासो नदेखाएका कारण व्यवसायीहरुले सवारी नचलाउने निर्णय गरेका हुन् । यसबारेमा छलफल गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बैठक बसेको थियो ।

१० दिन नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले १० दिन नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतमा मूल्य वृद्धि भएको भन्दै निगमले मुल्य बढाएको हो । पेट्राेलकाे प्रतिलिटर मुल्य १०२ रुपैयाँ पुगेको छ ।
निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरिएको जनाएको छ । १० दिन अघि पेट्रोलको मूल्य लिटरमा ५ र डिजेलमा २ रुपैयाँले बढाएको थियो ।

वन मन्त्रालयसँग छैन वातावरण क्षतिको तथ्यांक
वन तथा वातावरण क्षेत्रको संरक्षणकारी मुख्य निकाय वन तथा वातावरण मन्त्रालयसँग बाढीपहिरो र त्यसले वातावरणमा पारेको असरबारे कुनै तथ्य तथ्यांक छैन । तर, मन्त्रालयसँग न बाढीपहिरोको रेकर्ड छ न वातावरणको नै । यो तथ्यको पुष्टि शुक्रबार प्रधानमन्त्री कार्यालयले सुचना माग्दा भएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ