Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsव्यवसायी भन्छन्- सावधानी अपनाएर पर्यटन क्षेत्र खोलौ, सरकार भन्छ- अहिले नाइँ 

व्यवसायी भन्छन्- सावधानी अपनाएर पर्यटन क्षेत्र खोलौ, सरकार भन्छ- अहिले नाइँ 


काठमाडौं- चार महिनादेखि कोरोनाको सन्त्रासले हवाई उडान रोकिदै आको छ । पर्यटन व्यवसाय उठ्ने नसक्ने गरी थला परेको छ । होटल रेस्टुरेन्ट ठप्प छन् । यसरी व्यवसाय नै रोकेर बसेको लामो समय बितेपछी पर्यटन व्यवसायी सरकारले चाँडो अन्तर्राष्ट्रिय उडान खोलिदिओस भन्ने आशामा छन् । तर सरकारले यसबारेमा खासै योजना बनाएको छैन ।

पर्यटन मन्त्री योगेश भट्टराईले एक महिनाअघि पर्यटन र उडानलाई केहि मापदण्ड बनाएर खोल्ने बताएका थिए । उनले बिहीवार एक कार्यक्रममा बोल्दा तत्काल होटल र उडान खोल्न नसकिने बताएका थिए । तर, पछिल्लो समय भट्टराईले यसबारेमा चासो नदिएपछी व्यवसायीहरु चिन्तित बनेका छन् । ‘बन्द मात्रै समाधान होइन, बरु कडा सावधानी अपनाएर भएपनी अब होटल व्यवसायलाई सन्चालन गर्दा राम्रो हुन्छ,’ठमेलमा रेस्टुरेन्ट सन्चालन गर्दै आएका दिग्गज राईले भने ।

सरकारले सुरक्षा निर्देशिका पालना गर्ने गरी अन्तर्राष्ट्रिय उडान खुलाउने हो त्यसको पालना गर्न व्यवसायी तत्पर छन । उनीहरुले शरद ऋतुभित्रै करिब २० प्रतिशत पर्यटक नेपाल भित्र्याउन सकिने अनुमान राखेका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) ले पनि यसबारेमा सरकारसंग छलफल गर्दै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ