Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमुख्य समाचार कोरोना, बाढी–पहिरोदेखि सलहसम्म

मुख्य समाचार कोरोना, बाढी–पहिरोदेखि सलहसम्म


काठमाडौं– ३३ किलो सुन तस्करीका आरोपीलाई नेपाल ल्याइएको छ । हिमालय ऐयरलायन्समार्फत् हरिशरण खड्कालाई नेपाल ल्याइएको हो । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरेपछि खड्का प्रहरीको खोजिमा थिए ।

नेपालमा कोरोना संक्रमितको संख्या घटेको छ । शनिबार ७० जनामा कोरोना भाइरस (कोभिड) १९को संक्रमण पुष्टि भएको थियो । ७० जना संक्रमित थपिँदा ४ सय ३१ जना डिस्चार्ज भएका छन् ।

म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोमा पुरिएर २० जनाको मृत्यु भएको पुष्टि भएको छ । बिहीबारदेखि विहानदेखि लगातार परेको बर्षासँगै धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा खसेको पहिरोमा पुरिएर २० जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको हो ।

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल शनिबार बाढी पहिरो पीडित समक्ष पुगेका छन् । चितवनमा नारायणी र अन्य नदीको कटान क्षेत्रमा उनी पुगेका हुन् ।

ेपालमा थप सलह पस्न सक्ने डर देखिएको छ । सलहको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना बढेको विज्ञहरुले बताएका हुन् । भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्डहरु रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

३३ किलो सुन तस्करीका आरोपीलाई नेपाल ल्याइयो
३३ किलो सुन तस्करीका आरोपीलाई नेपाल ल्याइएको छ । हिमालय ऐयरलायन्समार्फत् हरिशरण खड्कालाई नेपाल ल्याइएको हो ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरेपछि खड्का प्रहरीको खोजिमा थिए । उनी युएई प्रहरीको नियन्त्रणमा थिए । उनलाई युएईबाट कानुनी प्रक्रिया पुरा गरी इन्टरपोलमार्फत् नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयले जनाएको छ । उनलाई आइतबार मोरङ जिल्ला प्रहरी कार्यालय मोरङ लगिने छ । उनको मोरङ प्रहरीमा मुद्दा छ । उनी फरार अभियुक्तका रुपमा रहेका थिए ।
नेपालमा संक्रमित घट्दै निको हुने बढ्दै
नेपालमा कोरोना संक्रमितको संख्या घटेको छ । शनिबार ७० जनामा कोरोना भाइरस (कोभिड) १९को संक्रमण पुष्टि भएको थियो । ७० जना संक्रमित थपिँदा ४ सय ३१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रायको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमलृे तीनहजार ६४८ नमुना परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि गरेका हुन् । यो संगै नेपालमा संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । त्यस्तै, शनिबार ३ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

म्याग्दीमा पहिरोले मृत्यु हुनेको संख्या २०
म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोमा पुरिएर २० जनाको मृत्यु भएको पुष्टि भएको छ । बिहीबारदेखि विहानदेखि लगातार परेको बर्षासँगै धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा खसेको पहिरोमा पुरिएर २० जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको हो । गृहका अनुसार मृत्यु हुनेमा एकै परिवारका धेरै छन् । मालिका–७ बिमका ८, धवलागिरि–६ मराङका ११ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको छ । धवलागिरी–६ कल्लेनीका राम्चेका सुबना लामगादे, प्र रेश्मा सुनार, मनबहादुर श्रीपाली, कमला श्रीपाली, काश केसी, आयुष लामगादे, आशिष दामगादे,आयुषा लामगादे, सुरक्षा श्रीपाली र सुरज श्रीपालीलगायतको को शव भेटिएको हो । अन्य वेपत्ता रहेकाहरुको खोजिकार्य भइरहेको म्याग्दी प्रहरीले जनाएको अन्य वेपत्ता रहेकाहरुको खोजिकार्य भइरहेको म्याग्दी प्रहरीले जनाएको छ ।

बाढी पहिरो पीडित समक्ष पुगे प्रचण्ड
पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल शनिबार बाढी पहिरो पीडित समक्ष पुगेका छन् । चितवनमा नारायणी र अन्य नदीको कटान क्षेत्रमा उनी पुगेका हुन् । उनले त्यस क्षेत्रको अवलोकनपछि अवलोकनपछि आवश्यक तटबन्ध निर्माणका लागि निर्देशन नि दिएका थिए । उनको निर्वाचन क्षेत्र माडीमा खोलाले बगाएर ३० वर्षीय एक युवकको मृत्युको थियो । त्यसलगत्तै उनी उनी चितवन पुगेका हुन् । उनले पीडितका परिवारलाई भेटेका थिए । दाहालले माडी जानुपूर्व भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ को सीमाक्षेत्र न्यूरेमा नारायणी नदीको अवलोकन गरेका थिए । उनले कटान नजिकका स्थानीयलाई सचेत रहन आग्रह गरेका छन् ।

नेपालमा थप सलह पस्न सक्ने डर
नेपालमा थप सलह पस्न सक्ने डर देखिएको छ । सलहको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना बढेको विज्ञहरुले बताएका हुन् । भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्डहरु रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पहिले पनि यही ठाउँ हुँदै नेपालमा सलह पसेको थियो । यी झुण्ड करिब १५० हेक्टर क्षेत्रफलमा फैलिएको प्लान्ट क्वरिन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत रहेको नेपालको राष्ट्रिसूचना केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार हावाको बहावसँगै सलहको झुण्ड पूर्वतर्फ वाराणसी हुँदै नेपालतर्फ आउने डर देखिएके छ । उक्त रुट हुँदै नेपालको धनुषा, महोत्तरी, सर्लाही क्षेत्रबाट नेपालतर्फ सलह प्रवेश गर्न सक्ने अनुमान गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ