Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalआन्तरीक र अन्र्तराष्ट्रिय गरी एकैदिन १६ उडान

आन्तरीक र अन्र्तराष्ट्रिय गरी एकैदिन १६ उडान


सरकारले विदेशमा अलपलत्र परेका वा घर फर्काउन ढिलाई गरिरहेको बेला एकै दिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार यी उडानमार्फत एक हजार ४ सय १४ नेपाली स्वदेश फर्किए । विमानस्थल प्रहरी कार्यालयका अनुसार
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दोहाबाट २ सय ६२, दुबईबाट १ सय ४९ यात्रु ल्याएको छ ।

हिमालय एयरलाइन्सले दमामबाट १ सय ५३, अबुधाबीबाट १ सय ५१ यात्रु ल्याएको विमानस्थल प्रहरी कार्यालयका एसएसपी राम कृपाल शाहले जानकारी दिए । उनका अनुसार फ्लाई दुबईले दुबईबाट १ सय ७२, एयर अरेबियाले सारजाहाबाट १ सय ६१, जजिरा एयरले कुवेतबाट १ सय ६०, इतिहाद एयरले अबुधाबीबाट १ सय ४० र टर्किस एयरलाइन्सले इस्तान्बुलबाट ३३ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै, आन्तरिकतर्फ पनि शनिबा १० चार्टर्ड उडान भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ