Techie IT
Monday July 26, 2021  |   सोमवार, साउन ११, २०७८
गृहपृष्ठ » Breaking News » विदेशमा संक्रमित भएका नेपालीमध्ये ९२ प्रतिशतले जिते कोरोना

विदेशमा संक्रमित भएका नेपालीमध्ये ९२ प्रतिशतले जिते कोरोना


329 Views

काठमाडौं–विदेशमा कोरोना संक्रमित भएकामध्ये ९२ प्रतिशत नेपालीले कोरोना जितेका छन् । योसँगै विदेशमा रहेका नेपालीमा कोरोना भाइरसको संक्रमणदर घटेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघ अन्तरर्गतको स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीको संक्रमण अवस्थामा ख्याल राख्दै आएको छ । समितिले कोरोना भाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दर उल्लेखनीय तवरले कम भएको जनाएको छ । गैर आवासीय नेपाल संघले शनिवार साँझसम्म २७ हजार ३ सय ६२ जना नेपाली संक्रमण मुक्त भएको जनाएको हो ।

समितिका डाक्टर संजीव सापकोटाले कतार, अष्ट्रेलिया, पोल्याण्ड, साउदी अबर लगायतका देशमा रहेका नेपालीहरुमा कोरोना संक्रमणको दर घटेको र संक्रमित हुने अवस्था पनि कम हुँदै आएको जानकारी दिए । उनका अनुुसार नेपाललगायत मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण फैलने क्रम जारी छ ।

 

क्याटेगोरी : Breaking News, Breaking News, Nepal, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-