Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहावाबाट कोरोना सर्छ भन्ने डब्लुएचओको तथ्यमाथी अमेरिकाको प्रश्नैप्रश्न, अनुदान रोक्का !

हावाबाट कोरोना सर्छ भन्ने डब्लुएचओको तथ्यमाथी अमेरिकाको प्रश्नैप्रश्न, अनुदान रोक्का !


महामारीको बेला विश्वको सबैभन्दा ठुलो स्वास्थ संगठन विश्व स्वास्थ संगठनने प्रभावकारी भुमिका निभाउन नसकेको भन्दै अमेरिका रुस्ट बन्दै आएको छ । उस्ले डब्लुएचओलाई दिँदै आएको सहयोग औपचारिक रुपमा रोक्न रोक्न खोजेको छ  । यसलाई रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रक्रिया अघि बढाइसकेका छन् । संगठनले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमा चीनलाई जिम्मेवार नठानेकोमा उनी रुष्ट हुँदै आएका थिए । यो विषयलाई व्याख्या गर्दै आइतबारको द न्युयोर्क टाइम्सले लेखेको छ । अमेरिकी सहयोग आगामी जुलाई महिनापछि बन्द हुनेछ तर सबैभन्दा ठूलो दाताले हात झिक्दा संगठनलाई ठूलै धक्का लाग्ने अनुमान गरिएको छ ।

यसअघि विभिन्न देशका दुई सय ३९ वैज्ञानिकले हावामार्फत कोरोना संक्रमण नहुने संगठनको धारणा पुरानो र अवैज्ञानिक रहेको भन्दै चिठी लेखेका थिए । त्यसपछि अमेरिकाले संगठनलाई दिँदै आएको सहयोग बन्द गर्न औपचारिक प्रक्रिया अघि बढाएको थियो । संगठनले बिहीबार मात्र कोरोना भाइरस संक्रमण हावामार्फत पनि सर्न सक्ने भनेर स्विकारेको थियो । त्यसपछि अमेरिका झन रिसाएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ