Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बाढीपहिरोले ३० लाख विस्थापित हुन सक्ने प्रक्षेपण

नेपालमा बाढीपहिरोले ३० लाख विस्थापित हुन सक्ने प्रक्षेपण


काठमाडौं- नेपालमा बाढिपहिरोका कारण यो बर्ष ३० लाखभन्दा बढि मानिस विस्थापित हुन सक्ने प्रक्षेपण सरकार गरेको छ । असार महिनामा भन्दा ठुलो बाढी साउनमा आउन सक्ने भन्दै उक्त बाढिपहिरोले अहिलेसम्मकै ठुलो क्षती पुर्याउने आकलन गरेको हो । बाढिपहिरोका वितण्डा बढ्न थालेपछि सरकारले जोखिम ठाउ निर्धारण गरेको छ । उक्त क्षेत्रका मानिसहरुलाई सरकारले सुरक्षित रहन आग्रह गरेको छ । संसदको विकास समितिले पनि बाढी पहिरोले पार्न सक्ने क्षतिबारे सरकार पुर्ब तयारी र जोखिम न्यूनीकरणमा बढी सचेत हुनुपर्ने बताएको छ । संसद डिला सग्रौलाले यो वर्ष बाढिले अत्याधिक क्षती र कटान गर्न सक्ने भएपनी सरकार पुर्ब तयारीको लागी पर्याप्त तयारी नगरेको बताइन् । उनले सरकारले यस्तो बेला बाढिपहिरोलाई नै प्राथमिकता राखेर काम गर्न आग्रह गरिन । ‘बाढी पहिरोले पार्ने क्षति अनुमान भन्दा बढी छ, सरकारको तयारी भने न्युन छ, अहिलेको आवश्यकता सरकारले ख्याल गर्नै पर्छ,’ उनले भनिन् । गृह मन्त्रालयका अनुसार सरकारले बाढीपहिरोको उच्च जोखिम क्षेत्र छुट्याए पनि ती क्षेत्रमा रहेका स्थानीयलाई सुरक्षित ठाउँतर्फ सार्ने र उनीहरुलाई सचेत गराउनेतर्फ चासो दिएको छैन । सिन्धुपाल्चोक, धादिङ, ओखलढुंगा, चुरे क्षेत्र, बाजुरा, जाजरकोट, कालीकोट, पश्चिम रुकुम, डोल्पा, रोल्पा, गुल्मी, पाल्पा, स्याङ्जा, प्युठान, बाग्लुङ, लमजुङ, म्याग्दी, कास्की, गोर्खा, नुवाकोट, मकवानपुर, रसुवा, दोलखा, संखुवासभा, इलाम र ताप्लेजुङ पहिरोको उच्च जोखिममा छन् । यसबाहेक बाढीको उच्च जोखिममा काठमाडौं उपत्यकासहित बझाङ, कैलाली, बर्दिया, बाँके, दाङ, पूर्वी र पश्चिम रुकुम, कास्की, नवलपुर, परासी, रुपन्देही, सिन्धुली, बारा, रौतहट, सर्लाही, महोत्तरी, उदयपुर, सप्तरी, सुनसरी, मोरङ र झापा छन् । अन्य जिल्लालाई कम जोखिम भएका जिल्लाको रुपमा गृह मन्त्रालयले सूचीकरण गरेको छ। तर, सरकारले जोखिक क्षेत्र छुट्याएपनी ति क्षेत्रमा रहेका स्थानीयलाई स्तानन्तण गरेको पुर्वाधारविद तथा सहरी योजनाकार सुर्यराज आचार्यले बताए । उनले यतिका क्षेत्रमा जोखिम छ भन्ने थाहा हुदाहुदै सरकारले त्यस क्षेत्रका स्थानीयलाई बेवास्ता गर्नु गम्भीर विषय रहेको बताए । ‘सरकार आफै जोखिम ठाउँ छुट्याएको छ,’ तर थाहा हुदाहुदै किन सार्न सकेको छैन जोखिम क्षेत्रका स्थानीयलाई ?,’ उनले भने । प्रतिकुल मौसम मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । जसमा कारण साउन महिनाभर नेपालभर मौसम प्रतिकुल हुनेछ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भू–भागबाट केहि दक्षिण तिर सरेको छ ।
देशभर आँशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।
देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ, साथै बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ