
काठमाडौं- लामो समयपछि उपत्यकाका सडकमा भाडाका बस ट्याम्पो छिटफुट सञ्चालनमा आएका छन् । लामो समयपछि सार्वजनिक सवारी गुडेपछी यात्रुहरुले सहजता महसुस गरेका छन् । सरकारले असार २६ देखि उपत्यका सहित जिल्लाभित्र छोटो दुरीका सार्वजनिक गाडी चल्न दिन निर्णय गरेको थियो । तर, व्यवसायीले न्यूनतम माग राख्दै तत्काल सवारी नचलाउने अडान राख्दै आएका थिए । माग पुरा नगरेपनी व्यवसायीले सवारी गुडाएका छन् ।