Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसाउन २१ गतेदेखि आन्तरिक र भदौ १ देखि अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको तयारी

साउन २१ गतेदेखि आन्तरिक र भदौ १ देखि अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको तयारी


काठमाडौं- संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेदेखि आन्तरिक तथा भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सुचारु गर्न सकिने बताएको छ । मन्त्रालयले कोरोनाको अवस्थालाई ख्याल गर्दै त्यतिबेलासम्म केहि आहज हुने भएकाले उडान सञ्‍चालन गर्न सकिने जनाएको हो । सरकारले चैत ९ देखि अन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेेेको थियो । हाल अत्यावश्यक उडानबाहेेक अन्य उडान रोकिएको छ । सरकारले वायुसेवा पुनः सञ्चालन गर्न असार १५ गते अध्ययन समिति गठन गरेको थियो ।
पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा गठन भएको चार सदस्यीय समितिले बिहीबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमाा साउन २१ र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुला गर्न सकिने सुझाव दिएको छ । पर्यटन मन्त्रालयले प्रतिवेदनअनुसार उडान खोल्नका लागी आवश्यक तयारी गर्ने जनाएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ