Techie IT
Tuesday December 1, 2020  |   मङ्लबार, मंसिर १६, २०७७
गृहपृष्ठ » Australia » अष्ट्रेलियामा टिकटकमाथी निगरानी । तत्काल बन्द नहुने संकेत

अष्ट्रेलियामा टिकटकमाथी निगरानी । तत्काल बन्द नहुने संकेत


285 Views

ब्रिजवेन
चर्चिच भिडियो संजाल एप टिकटकमाथी अष्ट्रेलियन सरकारले  निगरानी बढाएको छ । चिनिया कम्पनीको स्वामित्वमा रहेको टिकटकले यसका प्रयोगकर्ताको डाटा दुरुपयोग गर्ने चर्चा चलिरहेका बेला सरकारले निगरानी बढाएको हो । शुक्रवार प्रधानमन्त्री स्कट मोरिसनले थ्रि ए डब्लु रेडियोलाई अन्तरवार्ता दिने क्रममा टिकटकप्रति उठेको जनचासो सरकारले गम्भिर रुपमा लिएको र त्यसै अनुसार निगरानी बढाईएको बताउनुभएको हो । ‘हामीले यसबारे तत्कालै कुनै कारवाही गर्नुपर्ने अवस्था आएका अघि बढ्न कत्तिपनि हिचकिचाउने छैनौ-प्रधानमन्त्री मरिसनले भन्नुभयो ।
प्रधानमन्त्रीको भनाईलाई आधार मान्दा अष्ट्रेलियामा तत्काल टिकटक बन्द हुने आकलन गर्न सकिन्न । तर, सुरक्षा निकायले सुक्ष्म तरिकाले निगरानी गर्दा डाटा दुरुपयोग गरेको भेटिए अवस्था अर्कै हुनेछ ।
यसअघि टिकटक अष्ट्रेलियामा प्रतिबन्ध लगाउनुपर्ने चर्चा चल्न सुरु भएको छ । राष्ट्रिय सुरक्षाको कारण देखाउदै सरकारमाथी टिकटक प्रतिबन्ध लगाउनुपर्ने दबाव सृजना भएको एक स्थानिय पत्रिका द हेराल्ड सनले उल्लेख गरेको हो ।
पत्रिकाका अनुसार केही संघिय सांसदहरुले टिकटकले प्रयोगकर्ताको विवरण संकलन गरेर राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउनुभन्दा अघि नै सरकारले त्यसलाई बन्द गरिदिनुपर्ने माग गरिरहेका छन् । तर, ती सांसदका बारेमा पत्रिका मौन छ । यस अघ गत हप्ता भारतले सुरक्षाको कारण देखाउदै टिकटक लगायत ५९ वटा चिनियाँ एपलाई प्रतिबन्ध लगाएको छ ।
चिनियाँ कम्पनी बाईटडान्सको स्वामित्वमा रहेको टिकटक एप १६ लाख अष्ट्रेलियन प्रयोग गर्दै आएका छन् । यो एप खासगरी युवा पुस्तामा लोकप्रिय छ । उता प्रविधी विश्लेषक ट्रेभर लङले भने अष्ट्रेलिया र चीनबिच तनाव बढिरहेका बेला तत्काल टिकटकमा प्रतिबन्ध लागिहाल्ने स्थिती नभएको बताउछन् ।
पत्रिकाका अनुसार सैन्य र रक्षा सम्बन्धि कर्मचारीलाई टिकटक चलाउन प्रतिबन्ध लागिसकेको छ ।
साईबर चुनौती बढेको भन्दै अष्ट्रेलियाले अघिल्लो महिना आफ्नो साईबर सुरक्षालाई थप बलियो बनाउन १.३५ बिलियन डलर छुट्याएको छ । यो बजेट रक्षा २ सय ७० बिलियन डलरको रक्षा बजेटकै एक हिस्सा हो ।

क्याटेगोरी : Australia, Breaking News, Breaking News, Entertainment, Health-lifestyle, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-