Techie IT
Tuesday December 1, 2020  |   मङ्लबार, मंसिर १६, २०७७
गृहपृष्ठ » Entertainment » बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या अस्पताल भर्ना

बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या अस्पताल भर्ना


248 Views

पाँच दिन अघि कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या अस्पताल भर्ना भएका छन् ।

गए राति अस्पताल भर्ना भएको भारतीय संचारमाध्ययमहरुले जनाएका छन् । उनीहरु मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना भएका हुन् । गत शनिबार बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण भएको थियो ।

त्यस लगत्तै परिवारका अन्य सदस्यको परिक्षण गरिएकोमा ऐश्वर्या र आराध्यालाई पनि संक्रमण पुष्टि भएको थियो । अस्पतालले जनाए अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

क्याटेगोरी : Entertainment, International, Nepal, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-