Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदुई दिनपछि नेपालमा सार्वजनिक यातायात पुर्ण रुपमा चल्ने

दुई दिनपछि नेपालमा सार्वजनिक यातायात पुर्ण रुपमा चल्ने


काठमाडौं- यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन् । चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित परेको यातायात क्षेत्र लामो समय बन्द हुदै आएको छ । अबको दुई दिनपछि यातायात खुल्ने छ ।सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायतले सञ्चालन गरेका थिएनन् । आफूहरूको माग मौद्रिक नीतिले सम्बोधन गरेको भन्दै महासङ्घले यातायात सञ्चालनको तयारी थालेको बताइएको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले दुई÷तीन दिनको तयारीपछि यातायात सञ्चालन गर्ने जानकारी दिए । उनका अनुसार सरकारले मौद्रिक नीतिमार्फत यातायात क्षेत्रको बैङ्क सावाँ र ब्याज छ महिनादेखि एक वर्षसम्म समय थप गर्ने भएको छ । सहुलियतपूर्ण कर्जा, पुनर्कर्र्जाको व्यवस्था गरेको छ । कोरोनाबाट अति प्रभावित पेसा व्यवसाय सञ्चालनका लागि ५० अर्ब रुपियाँको कोष सञ्चालनमा ल्याएर यातायात क्षेत्रलाई पनि समेटिएको छ । जसले गर्दा यातायात सुचारु गर्न सहज भएको महासङ्घले जनाएको छ । मौद्रिक नीतिको कार्यविधि कस्तो आउँछ भनेर व्यवसायीले पर्खिएका छन् । सरकारले तत्कालका लागि ५० प्रतिशत भाडा वृद्धि गरी छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन खुला गरेको थियो तर यातायात क्षेत्रलाई राहत प्याकेज दिनुपर्ने भन्दै ठूला व्यवसायीले गाडी चलाएका थिएनन् । महासङ्घले यही अवस्थामा सार्वजनिक सवारी सञ्चालन गर्ने नसकिने भन्दै भाडा वृद्धिको विरोध गरेको थियो तर मौद्रिक नीति आएपछि भने यातायात सञ्चालन गर्ने यातायात महासंघका अध्यक्ष सरोज सिटौलाले जानकारी दिए । उनले व्यवसायी प्रती सरकार जिम्मेवार नबन्दा यो भन्दा अघि खोल्न नसकिएको बताए । ‘यातायात बन्द गरेर बस्न मन कसैलाई थिएन, सबैभन्दा बढी पिडामा यातायात व्यवसायी र मजदुर छन्, मौद्रिक नीतिले केहि सहजता बनाएको छ,’ उनले भने ।

छोटो दूरीका यातायात खुला गरेपछि काठमाडौँ उपत्यकामा सुन्दर यातायातका विद्युतीय बस, मयुर यातायात, संयुक्त, महानगर, साझा यातायातले सेवा सुरु गरिरहेका छन् । ट्याक्सी तथा टेम्पो पनि सञ्चालन भएका छन् । सबाारीसाधन खुल्ने भएपछि आम सर्वसाधारणलाई सहजता हुने यातायातकर्मी प्रेम बहादुर थापाले जानकारी दिए । उनले यातायातले चर्को भाडा असुल्न सक्ने भएकाले सरकारले निगरानी बढाउनुपर्ने बताए । ‘जसरी पनि ठगिने र मारमा पर्ने जनता नै हो, अब अर्को भाडा असुल्न सुरु हुन्छ त्यसकारण सरकारले निगरानी बढाउन पर्छ,’ उनले भने ।

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ