Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोनाविरुद्धको खोप निर्माणमा ठुलो सफलता, हजार जनामा परिक्षण गर्दा प्रभावकारी देखियो !

कोरोनाविरुद्धको खोप निर्माणमा ठुलो सफलता, हजार जनामा परिक्षण गर्दा प्रभावकारी देखियो !


बेलायत- कोरोना भाइरसको भ्याक्सिन बनाउनेबारे विश्वका नामी विश्वविद्यालय र स्वास्थ्य संस्थाहरु लागिपरे पनि रुपमा कोहिपनि सफल भएका छैनन् । हालसम्म विभिन्न विश्वविद्यालय, स्वास्थ्य संस्था, व्यक्तिलगायत ५ हजार भन्दा बढिले भ्याक्सिन ट्रायल गरिसकेको डब्लुएचओले जनाएको छ । कतिपयले कोरोनाबिरुद्द लड्न सक्ने एन्टिबडी निर्माण गरेपनि त्यो सहज र प्रभावकारी हुन सकेको छैन । यसैबीच सोहि दौरानमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले पछिल्लो समय गरेेेेको अध्ययनमा भने ठुलो सफलता मिलेको बताएको छ । अक्सफोर्डले गरेको परिक्षण सहज र उपयुक्त रहेको बिबिसीले जनाएको छ । बीबीसीका अनुसार कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप सुरक्षित रहेको देेेखिएको छ । यसले प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन र परिक्षणका क्रममा पुष्ठि भएको छ । विश्वविद्यालयले मानिसमा गरेको परीक्षणमा भ्याक्सिनले भारसविरुद्ध लड्ने क्षमता विकास गरेको छ ।जसका कारण ती मानिसले कोरोना जितेका थिए  ।

एक हजार ७७ जनामा भएको उक्त परीक्षणमा भ्याक्सिन लगाएकाहरूको शरीरले कोरोनाभाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी बनाउन सकेको थिए ।  कोरोना भाइरसका विरुद्ध विश्वभर भ्याक्सिन बनाउने काममध्यये  यो ठूलो उपलब्धी भएको बिबिसीले उल्लेख गरेको छ । अन्य परीक्षण र भ्याक्सिन भन्दा यो सहि देखिएको छ । तर यसले पूर्णरुपमा कोरोना संक्रमण रोक्छ भन्ननेमा अझै प्रमाणीकरण हुन सकेको छैन । अक्सफोर्डले यसैलाई आधार मानेर भ्याक्सिन विकसित गर्न सक्ने जनाएको छ ।अझै धेरै मानिसमा परिक्षण गरेपछि मात्रै यसको सफलताको बारेमा उजागर हुनेछ । बेलायत सरकारले यस भ्याक्सिनको १० करोड डोज अर्डर गरेको छ । बिबिसीका अनुसार यो भ्याक्सिनको नाम ChAdOx1 nCoV-19 हो  ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ