Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsखुल्याे सरकारी माेटरसाइकलमा हिड्ने युवा–युवतीकाे पहिचान

खुल्याे सरकारी माेटरसाइकलमा हिड्ने युवा–युवतीकाे पहिचान


काठमाडौं–सातायता एउटा तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल बन्यो । सरकारी नम्बर प्लेटको मोटरसाइकलको पछाडि युवती बसेको तस्बिर थियो त्यो । युवतीले लगाएको पहिरन नै आलोचना र चर्चाको ‘इस्यु’ बनेको थियो ।

सायद उनले जिउँ ढाकिनेगरी लुगा लगाएको भए त्यति आलोचना र चर्चा हुने थिएन । यसर्थ लुगाकै कारण तस्बिर भाइरल बन्न पुग्यो ।  सरकारी मोटरसाइकलमा युवतीलाई घुमाउन लगेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले टिप्पणी गरेका थिए । सरकारी सवारीसाधनको दुरुपयोग भन्दै धेरैले ती युवतीको फोटो सेयर गरेका थिए । कतिपयले व्यक्तिगत चरित्र हत्या भएको भन्दै फोटो पोष्ट गरेका थिए भने कतिले आलोचना गरेर ।

हामीले उक्त तस्बिरको सत्यता खोज्ने प्रयास गरेका छौं । प्रहरी, यातायात कार्यालय र स्थानीय सरकारसँगको समन्वयमा उक्त तस्वीरको यथार्थ खुलेको हो । पहिरनकै कारणले तस्बिर चर्चित बनेपछि प्रहरी र सरकारी निकायले सरकारी मोटरसाइकल हो वा होइन भनेर छानबीन गरेका थिए । तस्बिरमा केटा र केटी घुम्न हिडेको र सरकारी सवारीसाधनको दुरुपयोग गरेजस्तो देखिएपनि त्यसको वास्तविकता भने बेग्लै छ । यसले पहिरन हेरेर कसैको अनुमान गर्नु हुँदैन भन्ने प्रष्ट पार्छ । प्रहरीले दिएको जानकारी अनुसार ती युवा युवती धादिङका हुन् । उनीहरु दुवै इन्जिनियर र सरकारी जागिरे हुन् । उक्त तस्बिर सरकारी कामकाजले नै धादिङबाट काठमाडौं आउने बेलामा अरु कसैले खिचिदिएको युवा युवतीले प्रहरीसमक्ष बताएका छन् ।
यातायात व्यवस्था विभागका अनुसार प्रदेश.३–०२–००१ब–१४१२ नम्बरको मोटरसाईकल धादिङको गल्छि गाउँपालिकाको रहेको पुष्टि भएको छ । विभागले उक्त तस्बिर भाइरल भएपछि त्यो सत्यता खोजि गरेको थियो । गाँउपालीकाले अत्यावश्यक सामाग्री ओसारपसार र स्टोर प्रयोजनका लागि सो मोटरसाईकल प्रयोग गदै जानकारी दियो । सरकारी मोटरसाईकलमा सवार युवती र चालक युवा दुवै सोही गाउँपालिकाका कर्मचारी नै हुन् । उनिहरू दुवै जना भर्खरै सरकारी सेवामा गरेका थिए । त्यसको लागि सिट्रोल सरकारी कर्मचारीको लागि दिईने संकेत नम्बर भर्न धादिङबाट काठमाडौं आएको थिए ।
सरकारी नम्बरको मोटरसाईकल चालक प्रताप बराल गल्छी गाँउपालिकामा कार्यरत ईन्जिनियर हुन् । उक्त मोटरसाईकलमा सवार युवती पनि सोहि गाँउपालीकामा कार्यरत सव–इन्जिनियर सविता शाही रहेको खुलेको छ । उनिहरू दुवैजना गाउँपालिकाबाट स्विकृती लिएर नै काठमाडौं आएका थिए । निजामती किताब कारखानामा सरकारी संकेत नम्बर लिन आएको बेला कसैले उक्त तस्बिर खिचेको युवायुवतीले नै बताए ।
गल्छी गाँउपालीकाका प्रसाशकीय प्रमुख मोहन कुमार श्रेष्ठले दुवैजना गल्छि गाउँपालिका कर्मचारी भएको जानकारी दिए । उनले सरकारी संकेत नम्बर लिन ती युवा युवती काठमाडौं आएका बताए । सोही क्रममा कसैले फोटो खिचिदिएको उनको भनाई छ । ‘नचाहिने कुरामा धेरै नै आलोचना भयो, यो राम्रो होइन, टाढाको यात्रा गर्दा कर्मचारीले सरकारी पहिरन नै लगाउनुपर्छ भन्ने छैन,’ उनले भने ।

यद्यपी सरकारी कर्मचारीले लगाउने ड्रेस र उनिहरुले प्रयोग गर्ने सरकारी सवारी साधनको प्रयोगको पनि तरिक छ । तस्किर अनुसार सामाजिक संञ्जालमा चर्चा हुनु स्वाभाविक नै थियो । तर, त्यो भन्दा पनि ठूलो कुरा सत्यतथ्य पत्ता लगाउनु हो । लुगा छोटो लगायोे भनेर आलोचना गर्नु बर्तमान समाजको लागि कठिन कुरा हो । सहरबजारमा यस्तो पहिरनको प्रयोग ज्यादा छ ।

तस्बिर: सामाजिक सन्जाल



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ