Techie IT
Wednesday August 4, 2021  |   बुधबार, साउन २०, २०७८
गृहपृष्ठ » Breaking News » आजदेखि मापसेमा कडाई

आजदेखि मापसेमा कडाई


311 Views

काठमाडौं- आजदेखि ट्राफिक प्रहरीले सवारीसाधन जाँचमा कडाइ गर्ने भएको छ । सरकारले ११ चैतदेखि गरेको लकडाउनको अन्त्य गर्दै सबै प्रकारका सवारीसाधन सञ्चालनको अनुमति दिएपछि ट्राफिक प्रहरीले जाँचमा कडाइ गर्ने भएको हो ।

यसअघि ट्राफिक प्रहरीले कोभिड–१९ को जोखिम बढेको भन्दै सवारी जाँच गर्न छाडेको थियो । सरकारले सबै प्रकारका सार्वजनिक सवारी सञ्चानल गर्ने अनुमति दिएपछि आजैदेखि सवारी जाँचमा कडाइ गरिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । ‘सार्वजनिक सवारीसाधनमा चढ्ने यात्रुले सामाजिक दूरी कायम गरे, गरेन्न् भन्ने बारेमा समेत ट्राफिक प्रहरीले अनुगमन गर्ने ढकालको भनाइ छ ।

क्याटेगोरी : Breaking News, Breaking News, Nepal, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-