Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यु साउथ वेल्सको दूतमा फेरी पनि खड्का । आफैले लाखौ डलर खर्चेर नेपालीलाई सेवा

न्यु साउथ वेल्सको दूतमा फेरी पनि खड्का । आफैले लाखौ डलर खर्चेर नेपालीलाई सेवा


सिड्नी, अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको अवैतनिक महावाणिज्य दूतमा पुनः दीपक खड्का नियुक्त हुुनुभएको छ । गत बिहिबार बसेको नेपाल सरकार मन्त्रिपरिषद बैठकले खड्कालाई चौथो कार्यकालका लागि दूत नियुक्त गरेको हो । यो कार्यकाल ४ वर्षको हुनेछ । यसअघि खड्का पहिलो पटक सन् २००९ अक्टोबर ९ तारिखमा न्युसाउथ वेल्स राज्यको वाणिज्यदूतमा नियुक्त हुुनु भएको थियो । त्यसको दुइ वर्षपछि सन् २०११ मा वाणिज्यदूतबाट महावाणिज्यदूतमा पदोन्नती गरि सरकारले खड्कालाई नै थप दोस्रो कार्यकालका थप गरिदिएको थियो । त्यत्तिबेला समयसिमा भने तोकिएको थिएन । त्यसपछि सन् २०१७ मा ३ वर्षका लागि खड्का तेस्रो पटक महावाणिज्यदूतमा नियुक्त हुनुभएको हो । तेस्रो कार्यकाल पुरा गरेसंगै खड्का नै चौथो पटक महावाणिज्यदूतमा नियुक्त हुनुभएको हो । हालसम्म खड्काले महावाणिज्यदूतको भूमिकामा ११ वर्ष बिताइसक्नुभएको छ ।
अस्ट्रेलियास्थित नेपाली राजदूतावासको सिफारिस तथा परराष्ट्रको प्रतिवेदनसँगै मन्त्रिपरिषद् बैठकले महावाणिज्य दूत नियुक्त गर्ने परम्परा रहँदै आएको छ ।
‘देशको प्रतिनिधित्व र गौरव गर्ने यो मौका राज्यले पुनस् दिएको छ,यसका लागि म सम्बन्धित निकायलाई धन्यवाद दिन चाहन्छु, यसको गरिमा घट्न दिने छैन’, खड्काले नियुक्तिपछि भन्नुभयो । महावाणिज्य दूतको कार्यालयले दुई देश बीचको वाणिज्य सम्बन्ध विस्तार लगायत भिसा र अन्य सिफारिस प्रदान गर्ने गरेको छ । अवैतनिक महावाणिज्यदूतले कार्यलय नै स्थापना नगरेर पनि विभिन्न कार्यक्रममा सहभागी भएर मात्र पनि देशको प्रतिनिधित्व गर्न सक्छ । तर, शिक्षा व्यवसायी समेत रहनुभएका खड्काले नर्थसिड्नीस्थित आफ्नै घरमा सुविधा सम्पन्न कार्यालय र तीन जना कर्मचारीको व्यवस्था गरेर भिषा लगायत दूतावासको सेवा प्रदान गर्दै आउनुभएको छ । आफ्नै खर्चमा वर्षौदेखि नेपालीलाई सेवा दिदै आएपनि खर्चका बारेमा खड्काले खासै बोल्न चाहानु भएन । ‘नर्थसिड्नी जस्तो ठाउमा भाडा निकै महंगो छ र त्यसमाथी तीन जना कर्मचारीको खर्च अलग्गै’-खड्काले भन्नुभयो -‘खर्च कत्ति हुन्छ एकिन छैन, यस बारे कुरा नगरौ होला ।’ नेपाल र नेपालीको सेवा गर्न निस्वार्थ र कटिबध्द भएर लागेकाले खर्च यत्ति गरे उति गरे भनेर भन्दै हिड्नु त्यत्ति सुहाउदैन कि ? खड्काले प्रश्न गर्नुभयो ।

को हुन् खड्का ?
दोलखाको बिगु गाउपालिकामा जन्मनु भएका दीपक खड्का सन् २००३ मा हंकङबाट अष्ट्रेलिया आउनु भएको हो । त्यसअघि सन् १९८२ मा दोलखाकै जिरी टेक्निकल विद्यालय निमार्णमा खड्काले ओभर सियर भएर काम गर्नुभएको थियो । लगत्तै फिलिपिन्सको एडमसन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ सकेपछि खड्काले नेपालको सडक विभागमा समेत काम गर्नुभयो । साढे दुइ वर्ष काम गरेपछि खड्का हंकङ जानु भएको थियो । हाल नर्थ सिड्नीमा बसोबास गर्दै आउनु भएका खड्काका एक श्रीमति, एक छोरा र एक छोरी छन् ।

परिवारसंग महावाणिज्यदूत दीपक खड्का


ट्याग : #deepak khadka, #dipak khadka
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ