Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बढी पहिरो : २ सय ६६ को मृत्यु, अधिकांश राजमार्गमा अबरोध

नेपालमा बढी पहिरो : २ सय ६६ को मृत्यु, अधिकांश राजमार्गमा अबरोध


काठमाडौं । अबिरल बर्षाका कारण ठाउँ ठाउँमा पहिरो जाँदा बिभिन्न सडक खण्ड अवरुद्ध भएका छन् । नारायणगढ–मुग्लिङ सडकखण्ड मनसुनसँगै जारी रहेको वर्षाले पटक पटक अवरुद्ध भइरहेको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो खसेपछि खुल्ने र बन्द हुने क्रम चलिरहेको नारायणगढ–मुग्लिङ सडकखण्ड बिहान ४ बजेदेखी अवरुद्ध भएको मुग्लिङ प्रहरीले जानकारी दिएको छ ।

यस्तै, पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मुग्लिङ सडकखण्ड शनिबार बिहानबाट मात्रै सञ्चालनमा आउने भएको छ । लगातार पानी परेको र अरु साना पहिरो खस्ने, रुख ढल्ने समस्या भइरहेकाले अवरोध जारी रहने आँकलन गरिएको छ । धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड अवरुद्ध भएको थियो । अप्ठ्यारो ठाउँमा रहेको पुलको आधा भाग नै खोलाले बगाएकाले डाइभर्सनको लागि पनि समस्या भएको धादिङ प्रहरीले जनाएको छ । डाइभर्सन बगाएदेखि नै मुग्लिङ भएर धादिङ हुँदै काठमाण्डौ चल्ने कुनै पनि गाडी यो खण्डमा चलेका छैनन् । यात्रुलाई पैदल हिँड्नसमेत समस्या भएको छ ।

लामो समयदेखि अवरुद्ध अरनिको राजमार्ग अन्तर्गतका विभिन्न सडकखण्ड पनि अझै सञ्चालनमा आएका छैनन् । सडकखण्डको जबमु, झ्याले, डाकलांगलगायतका ठाउँमा सडक भासिँदा तथा पुल बगाएकाले सञ्चालन हुन नसकेको बताइएको छ । साँफेबगर मार्तडी सडकखण्ड पनि बन्द नै छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न पनि समय लाग्ने विभागले जनाएको छ । यस्तै कान्ति लोकपथ पनि अझै सञ्चालनमा आएको छैन । पहिरोका कारण अवरुद्ध सडकखण्ड सञ्चालनमा आउन पनि समय लाग्ने भएको छ । यस्तै, बेशी शहर चामे सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध छ ।

मानविय र भौतिक क्षती

मनसुन सक्रिय भएसँगै सुरु भएको बाढी पहिरोका कारण नेपालमा ठूलो जनधनको क्षती भएको छ । बाढी पहिरोमा परेर २ सय ६६ जनाले ज्यान गुमाउँदा अझै ९८ जना बेपत्ता छन् । १०० भन्दा बढी घाइते भएका छन् । बाढी, पहिरो र डुबानबाट २८२ भन्दा बढी घरहरू पूर्ण रुपमा क्षतिग्रस्त भएको, पहाडी क्षेत्रमा पहिरोको प्रकोप र तराईका विभिन्न भूभागहरू डुबानमा पर्ने क्रम जारी रहँदा भौतिक क्षति र मानविय क्षति बढिरहेको छ ।

राजमार्ग र अन्य सडक तथा पुलहरु क्षतिग्रस्त हँँदा आवागमन अवरुद्ध भएको छ । सयौँ परिवार घरबार विहीन र विस्थापित हुँदा सरकारको राहत र उद्धार सुस्त भएको भन्दै आलोचना बढ्दो छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ