Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसरकारको बिरोध गर्नेमाथी मलेसियाको धरपकड, नेपालीमा कस्तो पर्ला असर ?

सरकारको बिरोध गर्नेमाथी मलेसियाको धरपकड, नेपालीमा कस्तो पर्ला असर ?


एजेन्सी । मलेसियाले सरकारको आलोचना गर्ने आप्रवासी बिरुद्ध धरकपड सुरु गरेको छ । अल जजीराको एक वृत्तचित्रमा मलेसिया सरकारले अबैध विदेशी कामदारहरूलाई पक्राउ गरेर भेदभावपुर्ण व्यवहार गरेर जेल हालेको भन्दै सरकारको आलोचना गर्ने बंगलादेशी नागरिकलाई पक्राउ गरेको हो ।

टेलिभिजन मार्फत मलेसिया सरकारको बिरोध गरेको आरोपमा बंगलादेशी नागरिक रेहान कबीरलाई पक्राउ गरिएको मलेसियाली अधिकारीहरूले जानकारी दिएका छन् । मलेसियाबाट देश निकाला गरिने २५ बर्षे कबीरलाई मलेसिया प्रवेशमा सधैभरका लागि रोक लगाइनेछ । उनको नाम कालोसूचीमा राखिने इमिग्रेसनका महानिर्देशक खैरुल दाजामे दौडले बताए । कतारको अल जजीरा टेलिभिजनबाट प्रशारित मलेशियाको लकडाउनमा आधारिच वृत्तचित्रमा भेदभावपूर्ण तरिकाले बच्चाहरु र रोहिंग्या शरणार्थी पक्राउ परेको विषयमा कबीरले धारणा प्रस्तुत गरेका थिए ।

गिरफ्तारी हुनु अघि समेत बंगलादेशको अखबार डेली स्टारसँग श्री कबीरले आफूले अपराध नगरेको, झूट नबोलेको भन्दै प्रवासीहरूमाथिको विभेदको कुरा गर्दा सबै आप्रवासी र बंगलादेश साथमा रहने विश्वास व्यक्त गरेका थिए । बंगलादेशी नागरिक समाज संगठनहरूको समूहले श्री कबीरको रिहाइको माग गर्दै मिडियासँग गरिएको अन्तर्वार्ता कुनै अपराध नभएको जिकिर गरेको छ । वृत्तचित्र प्रशारण गर्ने अल जजीराले समेत सम्भावित देशद्रोह, मानहानि र देशको सञ्चार र मल्टिमेडिया ऐनको उल्लंघन भएको आरोपको खण्डन गर्दै “व्यावसायिकता, गुणस्तर र निष्पक्ष पत्रकारितामा प्रश्न नउठाउन भनेको छ ।

मलेसियाले पछिल्लो समय कोरोना रोकथामको कारण देखाउँदै आप्रवासी कामदार तथा अबैध आप्रवासीमाथी धरपकड गर्दै आएको छ । यता, मलेसियाले शरणार्थीलाई चिन्न नसकेको, कम तलबमा काम लगाउने विदेशी आप्रवासी कामदारप्रति भेदभाव गरेको भन्दै मलेसिया सरकारको धरपकडको बिरोध हुँदै आएको छ ।

आप्रवासी नेपालीमा असर

मलेसियामा करिब ९ लाख नेपाली रहेको र कोरोना महामारिका कारण कम्तिमा ३० हजारले रोजगारी गुमाउने आँकलन गरिदैगर्दा यो घटनाले नेपालीहरु समेत समस्यामा पर्ने देखिएको छ । अबैध कामदार तथा मलेसिया सरकारको थिचोमिचो बिरुद्ध बोल्दा प्रहरी धरपकड र गिरफ्तारीमा पर्ने चिन्ता आप्रवासी कामदारमा बढ्न थालेको छ ।

Photo :GETTY IMAGES



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ