Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainmentनायिका सामाग्रीसँग नायक भुवन केसीले मागे १० करोड क्षतिपूर्ति

नायिका सामाग्रीसँग नायक भुवन केसीले मागे १० करोड क्षतिपूर्ति


काठमाडौं । नायक भुवन केसीले काठमाडौँ जिल्ला अदालतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गर्नुभएको छ । जिल्ला अदालत काठमाडौंका सुचना अधिकारी ज्ञानबहादुर कार्कीले नायिका शाहले दुर्व्यवहारकाे आरोप लगाइ आफ्नो मानहानी गरेकाे उल्लेख गर्दै १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्दा दर्ता गरेको जानकारी दिनुभएको हो ।नायक केसीले मानहानीकाे आरोप लगाउँदै नायिका शाह बिरुद्ध कलाकार सङ्घमा उजुरी दिनुभएको थियो । नायिका शाहले चलचित्रमा काम गर्ने क्रममा दुर्ब्यवहार गरेको आरोप लगाएपछि विवाद चलचित्र सङ्घ हुँदै अदालतमा पुगेको छ ।

यस्तो छ, कानुनी व्यवस्था
मुलुकी अपराध संहिता, २०६४ को गाली बेइज्जतिसम्बन्धी कसूरको बेइज्जति गरेमा हुने सजाय ९१० मा कसैले कसैको बेइज्जति गरे वा गराइमा निजलाई दुई वर्षसम्मको कैद वा २० हजारसम्मको जरिवाना वा दुवै हुने, विद्युतीय माध्यमबाट व अन्य आमसञ्चारका माध्यमबाट बेइज्जति गरे वा गराएमा निजलाई त्यस्तो सजायको थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

बेइज्जति गरेर व्यक्तिको प्रतिष्ठामा पर्न गएको असर विचार गरी कसूरदारबाट मनासिब क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसूरदारबाट मुद्दामा लागेको खर्चसमेत भराउने व्यवस्था रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ