Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaगलत तरिकाले भत्ता लिएको आरोप लागेपछि अष्ट्रेलियामा ३ मन्त्रीद्वारा राजिनामा

गलत तरिकाले भत्ता लिएको आरोप लागेपछि अष्ट्रेलियामा ३ मन्त्रीद्वारा राजिनामा


एडिलेड | निजि काममा रहेका बखत पनि सरकारी भत्ता लिएको आरोप लागेपछि साउथ अष्ट्रेलिया राज्य सरकारका तीन मन्त्रीले राजिनामा दिएका छन् ।
आईतबार यातायात मन्त्री स्टेफन नल, प्राथमिक उद्योगमन्त्री टिम वेटस्टोन र वाणिज्यमन्त्री डेभिड रिजवेले प्रियमियर स्टेफन मार्सल समक्ष राजिनामा बुझाएका हुन् । उनीहरुमाथी ७० हजार डलर बराबरको भत्ता अपचलन गरेको आरोप लागेको छ ।
स्थानिय संचारमाध्यमहरुका अनुसार वाणिज्यमन्त्री डेभिडमाथी व्यक्तिगत विदेश भ्रमणमा गएको समयमा पनि कागजात मिलाएर सरकारीकोषबाट दैनिक भत्ता लिएको आरोप लागेको छ ।
त्यस्तै यातायातमन्त्री नलले आफ्नो आमावुवाको घरमा बिताएको समयको पनि हजारौ डलर भत्ता बुझेको आरोप लागेको छ । साउथ अष्ट्रेलिया सरकारका प्रतिपक्षले भत्ता लिएको समयअवधिमा ती मन्त्रीले आफ्नी आमाको जन्मदिन मनाईरहेको तस्बिर टुईटरबाट निकालेर सार्वजनिक गरिदिएको हो । त्यस्तै प्राथमिक उद्योगमन्त्री टिमले भुलवस ७ हजार डलर भत्ता बढी लिएको आरोप लागेको छ ।गत बिहिवार भ्रष्टचारविरुद्ध छानविन घोषणा भएपछि राजिनामा आएको हो ।

तीन मन्त्रीको राजिनामा बारे साउथ अष्ट्रेलियाका प्रिमियर स्टेभन मार्सलले पुष्टी गरेका छन् । कोरोना नियन्त्रणको कामबाट ध्यान नहटोस भनेर आफ्ना ३ मन्त्रीले राजिनामा दिएको मार्सलले बताउनुभयो । पत्रकार सम्मेलनमा यस गल्तीका लागि सम्बन्धित मन्त्रीहरु जिम्वेवार रहेको भन्दै उनीहरु आफ्नो सरकारको मेहनती मन्त्रीहरु रहेको पनि प्रिमियर मार्सलले बताउनुभयो । (तस्बिर- साउथ अष्ट्रेलियाका प्रिमियर स्टेभन मार्सल तीनमन्त्रीकाे राजिनामाबारे पत्रकार सम्मेलनमा बाेल्दै -एबिसी) 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ