Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalकाेराेनाले लियाे २०८ नेपालीकाे ज्यान । विदेशमा मात्रै १६१ जना

काेराेनाले लियाे २०८ नेपालीकाे ज्यान । विदेशमा मात्रै १६१ जना


काठमाडाै । कोरोना संक्रमणबाट विदेशमा हालसम्म १ सय ६१ नेपालीको मृत्यु भएको छ । यो साता बेलायतमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै मृतकको संख्या १ सय ६१ पुगेका गैरआवाीय नेपाली संघ एनआरएनएले जानकारी दिएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार विदेशमा १ सय ६१ नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

३६ देशमा रहेका ३१ हजार १ सय ५० कूल सङ्क्रमितमध्ये २९ हजार २ सय ४३ अर्थात् ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना सङ्क्रमणमुक्त भएका छन् । युएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा यो हप्ता संक्रमण बढेको पाइएको छ । कोरोनाका कारण नेपालमा ज्यान गुमाएका ४७ सहित विश्वभर ज्यान गुमाउने नेपालीको सङ्ख्या २ सय ८ पुगेको छ । नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ पुग्दा १३ हजार १ सय २८ जना कोरोनामुक्त भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ