Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsटिकटकमा फ्यान बनेर लाखाै रुपैया ठग्ने दुई युवती पक्राउ

टिकटकमा फ्यान बनेर लाखाै रुपैया ठग्ने दुई युवती पक्राउ


काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले ठगी आरोपमा दुई युवती पक्राउ गरेसँगै ठगीको नयाँ शैली सर्वजनिक भएको छ । उनीहरुले टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा युवाहरुलाई फलो गरी ‘आफू फ्यान’ भएको बन्दै साथी बन्न आग्रह गर्ने उनीहरु डिभी होल्डर भएको तर लकडाउनका कारण नेपालमा अड्किएको बताउने गर्थे ।

जोरपाटीका एक जना पीडित युवाले १९ वर्षे ती युवती बारे भने–बेलामौकामा भेटघाट हुन्थ्यो । एक दिन आफ्नै अगाडीबाट मोबाइलमा कुरा गर्दै सामसुङ ११ प्रो अर्डर गरिन् । खाजाको १५ हजार बिल पनि उनैले तिरिन् । भोलिपल्ट भेट्दा उनको हातमा सामसुङ प्रो नै थियो । उनले भक्तपुरको रोज कोलोनीमा बस्दै आएको घरमा लगेर बुबाले अमेरिकाबाट पठाउन लागेको एक करोड रुपैयाँको म्यासेज पनि देखाइन् । टन्न पैसा भएकी धनाढ्य केटीको रुपमा उनलाई मैले विश्वास गरेर पाँच लाख दिए । तर उद्देश्य ठगीको रहेछ । दुई मध्ये एक युवतीले बुबाको नाममा फेसबुक अकाउन्ट खोलेर आफैँलाई म्यासेज गरेकी रहिछन् ।

केही समय अघि ती युवतीले राजधानीमै बसिरहेकी एक युवतीसँग आफू तीन वर्षदेखि अमेरिकामा बस्दै आएको भन्दै परिचय गरिन । तिमीलाई बहिनी बनाएँ भने अमेरिका लैजान सजिलो हुन्छ भन्दै मख्ख पारिन । अमेरिकाको भुत चढेकी ती युवतीको हाउभाउ बुझेकी उनले अमेरिकामा आफूले डिपार्टमेन्ट स्टोर खोल्न लागेको र पैसाको अलिअलि चाहिएको भन्दै मागिन् । ती युवतीले पनि अमेरिका बस्ने धनाढ्य सम्झेर एक लाख ६० हजार रुपैयाँ दिइन् । केही समयपछि उनी सम्पर्कमा आउनै नचाएपछि थाहा भयो आफू गठिएकी रहेछु ।

जसलाई जसरी ठग्न सकिन्छ त्यसरी उपाय निकालेका यी उच्च परिवारको रवाफमा ठगी गर्ने युवती द्धयले धेरैपटक चाहिँ आफूहरु अमेरिकाको डिभी होल्डर भएको भनेर फसाएका छन् । बाग्लुङको काठेगाउँपालिका–२ का यी दुई युवती ठगीको अभियोगमा बुटवलमा भाडामा बसिरहेको कोठाबाट पक्राउ परेका हुन । बुटवल सर्नु अघि चितवनमा भाडामा बस्दा समेत धेरैलाई ठगेका उनीहरुको केस परिवारले आएर पैसा फिर्ता गरेपछि मिलेको रहेछ । नियमित आम्दानीको स्रोत नहुने यी दुई युवतीको तीन ठाउँमा भाडाको कोठा भेटिएको छ । गत चेतदेखी भक्तपुरमा मात्र मासिक ८० हजार रुपैयाँ भाडामा लिएको घर छ । उनीहरुले यही घरलाई आफ्नो भनेर चिनाउने गरेका थिए । उच्च परिवारको रवाफ देखाएर मानिसलाई ठग्ने युवतीहरु बढ्न थालेको भन्दै प्रहरीले टिकटक, फेसबुक, भाइबर लगायत सामाजिक सञ्जालबाट आउने फ्यान हुँ भन्ने म्यासेल लगायतका आश्वासन र रबाफको भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ