Friday, 26 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न एक जना पक्राउ

अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न एक जना पक्राउ


काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्नताको अभियोगमा काठमाडौंको खिचापोखरीबाट एक जना पक्राउ परेका छन् । भक्तपुरको मध्यपुर ठिमी–५ घर भइ बौद्ध बस्दै आएका हरिशंकर श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले खिचापोखरी क्षेत्रबाट पक्राउ गरेको हो ।

सीआईबीका डीआईजी सहकुल थापाले ८ पोर्टको भीओआईपी उपकरणसहित पक्राउ परेका व्यक्ति उपर दूरसंचार ऐन, २०५३ अनुसार थप अनुसन्धान सुरु गरिएको जानकारी दिए । सीआईबीले २ बर्ष अघि मात्रै १०६ वटा अप्रशन चलाएर कल बाइपासमा संलग्न १६४ जनालाई पक्राउ गरेको थियो । यसपछि पनि पटक पटक अप्रेशन र पक्राउको क्रम चल्यो ।

मुख्य नाइके विदेशमा रहने र एजेन्ट मात्रै पक्राउ पर्दा उनीहरुले नयाँ नयाँ व्यक्तिलाई प्रलोभनमा पारेर अबैध कल बाइपासलाई निरन्तरता दिदै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ