Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalभारतलाई नेपालको कडा जवाफ, लिपुलेक क्षेत्रको आवतजावतमा अवरोध नहोस्

भारतलाई नेपालको कडा जवाफ, लिपुलेक क्षेत्रको आवतजावतमा अवरोध नहोस्


काठमाडौं । नेपालले भारतीय पक्षले कालापानी, लिम्पियाधुरा क्षेत्रमा अवान्छित गतिविधि भइरहेको भनी दार्चुला प्रशासनलाई लेखेको पत्रमा कडा जवाफ फर्काएको छ । गृह मन्त्रालयको निर्देशनमा दार्चुला प्रशासनले भारतीय पक्षको पत्रको जवाफ फर्काएको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय सिमावर्ती धार्चुलाका अधिकारीलाई जवाफ पठाउँदै लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको भएको र त्यहाँ आफ्ना जनता निर्वाधरुपमा आवतजावत गर्न कसैले पनि रोक्न नसक्ने जवाफ फर्काएका हुन् । घुमाउरो पारामा भारतले यसलाई आपत्ति जनाउनुपर्ने अवस्था नरहेको उल्लेख गरिएको छ । भारतले आफ्नो दाबी गर्दै आएका लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालले आफ्नो नक्सामा समावेश गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ ।

नेपालले यी क्षेत्र आफ्नै भएको दावी गर्दै नक्सामा समावेश गरेपनि भारतले आफ्नो दाबी छाडेको छैन । नयाँ नक्सा आएसँगै कालापानी क्षेत्रमा नेपाली सुरक्षाकर्मीको चहलपहल बढेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ