Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना संक्रमणबाट २४६ नेपालीको मृत्यु, विदेशमा मात्रै १८९ ले ज्यान गुमाए

कोरोना संक्रमणबाट २४६ नेपालीको मृत्यु, विदेशमा मात्रै १८९ ले ज्यान गुमाए


काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस संक्रमणबाट पछिल्लो सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यानले ज्यान गुमाएसँगै विदेशमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १८९ पुगेको गैरआवासीय नेपाली संघले जानकारी दिएको हो ।

विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसको शिकार भएकोमा पछिल्लो समय सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली जोखिममा देखिएका छन् । लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक संक्रमित भएको एनआरएनएले जनाएको छ । संघले हालसम्म कोभिड–१९का कारण विदेशमा अलपत्र ३७ हजार ४२४ जनालाई सम्बन्धित देशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलगायत अन्य स्थानीय निकायसँगको समन्वयमा स्वदेश फर्काइएको जानकारी दिएको छ ।

अलपत्र परेकालाई नेपाल फर्काउन ५४ उडानको व्यवस्था मिलाइएको एनआरएनले जानकारी दिएको छ । नेपालमा मात्रै आइतबार साँझसम्म कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । कोरोना भाइरस संक्रमणका कारण नेपालमा मात्रै ५७ जनाको निधन भएको छ । अहिलेसम्म नेपालमा १४ हजार ६०३ जनाले कोरोना जितेका छन् ।

Photo : gettyimages



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ