Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमेलम्ची पहिरोमा पुरिएर पाँच जनाको मृत्यु, ३ जनाको पहिचान खुल्न बाँकी

मेलम्ची पहिरोमा पुरिएर पाँच जनाको मृत्यु, ३ जनाको पहिचान खुल्न बाँकी


काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा गएको पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ । पाँच जनाको शव फेला परेकोमा दुई जनाको मात्र परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको हो ।

अन्य मृतकको पहिचान हुन बाँकी छ । उनीहरु सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु रहेको बताइएको छ । कभर्ड हल निर्माणमा दुई भारतीय नागरिकसहित नौ जना मजदुर खटिएका थिए । उनीहरु बस्दै आएको टहरो आइतबारराति करिब दुई बजेतिर आएको पहिरोले पुरेको थियो । प्रहरीले घटनास्थलबाट भारतीय नागरिक बारु साहलाई जीवितै उद्धार गरेको छ । स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएका उनलाई थप उपचारका लागि धुलिखेल लगिदैछ ।

अर्का एक भारतीय नागरिक राजेन्द्र चौरसिया पनि पहिरोमा पुरिएका छन् । भारतीय नागरिकहरुको ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।

Photo : sudip kumar shrestha



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ