Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलवर्नमा थप ५ नेपालीलाई कोराना, संक्रमित नेपालीको संख्या ४० पुग्यो ।

मेलवर्नमा थप ५ नेपालीलाई कोराना, संक्रमित नेपालीको संख्या ४० पुग्यो ।


मेलवर्न, भिक्टोरिया राज्य कोरानाको दोस्रो लहरले प्रभावित छ । संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा ७ सय २५ जनामा संक्रमण देखिएको छ । जसमध्ये ५ जना नेपाली पनि रहेको एनआरएनए भिक्टोरियाले जनाएको छ ।

थप ५ संगै मेलवर्नमा कोरोना संक्रमित नेपालीको संख्या ४० पुगेको छ । सबैले आफु संक्रमित भएको सुचना नदिने भएकाले यो संख्या अझै धेरै हुनसक्ने एनआरएनए भिक्टोरियाका संयोजक प्रेम कँडेलले बताउनुभयो । कोरोना संक्रमण भएका मध्ये अधिकांश विद्यार्थी हुन् । एउटै युनिट र कोठा सेयर गरेर बस्दा विद्यार्थीमा कोरोना जोखिम बढेको हो । एक जनालाई लागेपछि संगै बस्नेहरु पनि डराएको कँडेलले बताउनुभयो । कोरोना संक्रमण हुनेमा एनआरएनए भिक्टोरियाका दुइ जना पदाधिकारी पनि छन् । अरु केही नेपाली पनि सेल्फ आइसोलेसनमा बसिरहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
संक्रमितलाई एनआरएनए भिक्टोरियाले १ सय २० डलर बराबरको खाद्यन्य समेत उपलब्ध गराएको छ । आइसोलेसनमा बसिरहेका नेपालीहरुको स्वास्थ्य सामान्य रहेको कँडेलले बताउनुभयो । यदि स्वास्थ्य समस्या परे एनआरएनएले टेलिफोनबाट नेपाली डाक्टरसंग सम्पर्क गराइदिने व्यवस्था समेत गरेको छ ।
भिक्टोरियामा कोरोना पिसिआर परिक्षण गर्न सरकारले ३ डलर उपलब्ध गराउने भएको छ । त्यस्तै कोरोना पुष्टी भए वा आइसोलेसनमा बस्नु परेमा सरकारले एक पटकलाई १५ सय डलर समेत उपलब्ध गराउनेछ । यो सुविधा विद्यार्थीले समेत पाउनेछन । यसअघि पनि भिक्टोरियामा ९ जनालाई नेपालीलाई कोरोना लागेको थियो । उनीहरु सबै निको भइसकेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ