Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalशनिबार १ हजार ५१७ नेपाली स्वदेश फर्किए, आइतबार १० उडान

शनिबार १ हजार ५१७ नेपाली स्वदेश फर्किए, आइतबार १० उडान


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । विमानस्थल कार्यालयका अनुसार यी उडानमार्फत एक हजार ५१७ नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने क्रममा नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २५८ र दमामबाट १४७ यात्रु काठमाडौँ ल्याएको छ । रियदमामबाट दुई उडानमा क्रमशः २५९ र १४४ यात्रु स्वदेश आएका छन् । थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज दुबई र जेदाह प्रस्थान गरेको छ । यस्तै हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु तथा एक शव र दमामबाट १५४ यात्रु नेपाल ल्याएको छ । थप उडानका लागि हिमालयको जहाज चीनको कुनमिं, दोहा र क्वालालम्पुर उडेको छ । मालिन्दो एयरले क्वालालम्पुरबाट दुई चार्टर्ड उडान गरी क्रमशः १७३ र १७१, एयर अरेबियाले सारजाहाबाट १६७, फलाई दुबईले १५७ र इतिहाद एयरले १३६ नेपाली काठमाडौँ ल्याएका छन् ।

विमानस्थल कार्यालयले आइतबार आगमन र प्रस्थान दुवै गरी विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि १० चार्टर्ड उडान हुने जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ