Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा जोखिम : लकडाउन खुलेको २२ दिनमै कोरोनाबाट ५४ जनाको मृत्यु

नेपालमा जोखिम : लकडाउन खुलेको २२ दिनमै कोरोनाबाट ५४ जनाको मृत्यु


काठमाडौं । लकडाउन खुलेपछिको २२ दिनमैै नेपालमा ६ हजार ४३८ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा  ५४ जनाको कोरोना संक्रमणबाट मृृत्यु भएको छ ।

लकडाउन खुल्‍नुअघि ४० जनाको मृत्यु भएको थियो भने साउन ६ गतेेसम्म संक्रमित संख्या १७ हजार ९९४ रहेको थियो  । पछिल्लो २२ दिनमा बढेको संक्रमण र मृत्यु दरले नेपालमा जोखिम बढाएको छ । बुधबार मात्रै ४३८ जना कोरोना संक्रमित थपिएर कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।

स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणले मृत्यु हुनेको कुल संख्या ९१ पुगेको जनाएपनि बुधबार साँझ थप ३ जनाको मृत्यु भएसँँगै ९४ पुुगेेको छ । किस्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुटवल कोरोना विशेष अस्पताल र कोशी कोभिड अस्पतालमा एक/एक जनाको मृत्यु भएको छ । यस्तै सप्तरीमा संक्रमण पुष्टिपछि अस्पताल लैजाँदै गर्दा, महोत्तरी र बारामा मृत्युपछि संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण बुधबार मात्र थप ११ जनाको मृत्यु भएको थियो भने ४८४ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा मात्र १३९ जाना संक्रमित थपिएका छन् । सरकारी कर्मचारी,सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र घरमै बसेका स्थानीयमा सरेको संक्रमणले काठमाडौं उपत्यका सहित बढी जनघनत्व र चहलपहल भएका शहरमा जोखिम बढेको छ ।

(स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा महोत्तरी, बारा विश्रामपुर र  मोरङका मृतक समावेश गर्न बाँँकि छ ।)



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ