Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरुसको कोरोना बिरुद्धको खोप, राष्ट्रपति भ्लादिमीर पुटिनकी छोरीले समेत लगाइन

रुसको कोरोना बिरुद्धको खोप, राष्ट्रपति भ्लादिमीर पुटिनकी छोरीले समेत लगाइन


एजेन्सी । राष्ट्रपति भ्लादिमीर पुटिनले रूसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन खोप तयार पारेर प्रयोगमा ल्याइसकिएको दाबी गरेका छन् । उनले दुईमहिना लामो परीक्षणपछि तयार गरिएको भ्याक्सिनलाई स्वास्थ्य मन्त्रालयले अनुमति दिएपछि आफ्नी छोरीलाई पनि दिइएको दाबी गरेका हुन् ।

अब ठूलो परिणाममा भ्याक्सिनको डोज तयार गरिने भन्दै राष्ट्रपति  पुटिनले कोरोना बिरुद्धको लडाइमा एउटा सफलता हात पारेको बताएका छन् । पुटिनकी छोरीलाई कोरोनाविरुद्धको भ्याक्सिन दिइएको खबर बाहिरिएसँगै उनकी कुन छोरीलाई भ्याक्सिन दिइयो भन्ने चार्चा सुरु भएको छ । पुटिनकी दुई छोरी छन् । कुन छोरीलाई भ्याक्सिन दिइयो भन्ने बारेमा रूसले केही जानकारी सार्वजनिक नगरेपनि कान्छी छोरीमा परिक्षण गरिएको हुनसक्ने आँकलन गरिएको छ ।

पुटिन सधैँ निजी जिन्दगीलाई चर्चाबाट टाढै राख्न रूचाउँने भएकाले अहिलेसम्म सार्वजनिक रूपमा छोरीहरुका बारेमा केही खुलाएका छैनन् । उनको परिवारका सदस्यहरुलाई पनि कमै मात्रामा सार्वजनिक रुपमा देख्न पाइन्छ । कतिपय मिडियाहरुले पुटिनकी दुई छोरी रहेको बताउँदै आएका छन्– मारिया पुटिना र येकातेरीना पुटिना । तर यसबारे पनि पुटिन परिवारले आधिकारीक रुपमा कुनै जानकारी गराएको छैन ।

Photo :The Australian



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ