Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन पछिल्ला प्रमुख पाँच खबर

नेपाल अपडेट : यी हुन पछिल्ला प्रमुख पाँच खबर


नेपालमा बाढी पहिरोको जोखिम अझै टरेको छैन । कोरोना संक्रमण र मृत्युदर बढ्दैगर्दा उपचार सेवाको चिन्ता बढ्न थालेको छ । स्वदेश फर्किनेको संख्या घटाएर उद्धार उडानले निरन्तरता पाइरहेका छन्। काठमाडौंमा बढ्दै गरेको असुरक्षा लगायत पछिल्ला प्रमुख पाँच खबर यस्ता छन् ।

पहिरोमा परेर ११ जनाको मृत्यु, २२ बेपत्ता
सिन्धुपाल्चोक र कालिकोटमा झरीसँगै खसेको पहिरोले घर पूर्दा ११ जनाको मृत्यु भएको छ भने ३३ जना वेपत्ता भएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ भने ३३ जना अझै बेपत्ता छन् । पहिरोले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरेर थप उपचारका लागि हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको छ ।

यता, कालिकोटको महाबै गाँउपालिका ३ नकुगाँउमा पहिरो जाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोमा पुरिदा विष्टका दुई छोरा र दुई छोरी, दाजु डिल बहादुर बिष्टका दुई छोरीको ज्यान गएको छ ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा ल्यावमा ११ हजार ५ सय ७५ स्वावको पीसीआर परिक्षण गर्दा यी संक्रमित पहिचान भएका हुन् । पछिल्लो २४ भण्टामा ५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा ५ सयभन्दा बढी संक्रमित रहेका छन् भने संखुवा सभा, मनाङ मुस्ताङ र डोल्पामा शून्य संक्रमण छ । अहिले देशभरका क्वारेन्टिनमा १४ हजार ६ सय ३८ रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं ८३, पर्सा ७१, धनुषामा ५५, मोरङ ६३, ललितपुर ३०, सुनसरी २४, बारा २४ , महोत्तरी २४ , बाँके २२, तनहुँ २२, सुर्खेत २१, मकवानपुर १८, सप्तरी १४, रुपन्देही १४, चितवन १४ , सर्लाही १४, सिन्धुली ११, झापा ९, भक्तपुर ६, अछाम ६, रौतहट ५ ,बर्दिया ५, कपिलवस्तु ५, कैलाली ५, कैलाली ४, सिरहा ३, दैलेख ३ कञ्चनपुर २, नवलपरासी पूर्व २, सिन्धुपाल्चोक १, उदयपुर १, नुवाकोट १, बाजुरा १, धादिङ १, हुम्ला १, दोलखा १, कास्की १, लमजुङ १, पर्वत १, स्याङ्जा १, दाङ १, सल्यान १ र बझाङमा १ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य पूर्वाधार र उपचार
देशभर कोरोना उपचारका लागि ९ सय ४२ भेन्टिलेटर र ४ सय ९४ छुट्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । हाल नेपालका विभिन्न अस्पतालका आईसीयूमा ९८ र भेन्टिलेटरमा ४ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २४० डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या १७ हजार ७७ पुगेको छ । सरकारले जनघनत्व बढी भएका जिल्लामा संक्रमण तिब्र भएकाले काठमाडौं सहित देशका सबैजसो नीजि अस्पतालमा २० प्रतिशत सिट कोभिड उपचारका लागि छुट्याउन आग्रह गरेको छ । भीडभाड नगर्न, भौतिक दूरी कायम गर्न र आवश्यक स्वास्थ्य सावधानी अपनाउन समेत अपिल गरिएको छ ।

उडान स्थनको १५ दिन उद्धार उडान के हुन्छन ?
सरकारले १ भदौबाट व्यवसायिक उडान खोल्ने घोषणा गरेपनि केही दिअघि मात्रै देशभर कोरोना भाइरसको संक्रमण बढेपछि स्थगन थप १५ दिन लम्ब्याएको थियो । यो बीचमा भने १५ दिन उद्धार उडानहरु भने नियमित हुने भएका छन् । नेपाल वायुसेवा निगमका अनुसार १७ अगष्टदेखि ३१ अगष्टसम्म अब उद्धार उडान हुने भएका छन् ।

सरकारले अब दैनिक ५ सय जनालाई नेपाल ल्याउने निर्णय गरिसकेको छ । यीमध्ये २ सय जना सरकारले आफ्नो पैसामा ल्याउने छ भने ३ सय जना आफैंले टिकट काटेर आउनेछन् । सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावासले गरेको सिफारिसका आधारमा उनीहरुले उडान तय हुनेछ । बिहीबारसम्म विदेशबाट ५० हजार ४ सय १३ जनाको उद्धार भइसकेको छ । यसमध्ये सबैभन्दा धेरै यूएईबाट १४ हजार ६५ जना नेपाली स्वदेश फर्किएका छन् ।

काठमाडौँमा छुरा प्रहार 
काठमाडौंको मनमैंजुमा छुरा प्रहार गरी नुवाकोटका एक युवाको हत्या भएको छ । घाइते अवस्थामा ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले लक्ष्मण तामाङलाई मृत घोषणा गरेका हुन् । दोर्जे तामाङले लक्ष्मणमाथि छुरा प्रहार गरेका थिए । फरार भएका उनको खोजीमा महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको टोली खटिएको छ । गोरखा सुमन खाजा घरमा केही समय भनाभन भएसँगै घटना घटेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ