पोर्चुगलमा नेपाली युवा बेपत्ता, खोजी दिन परिवारको अपिल

बासु सत्याल/लिस्बाेन, युरोपको एक देश पोर्चुगलमा एक साता देखि एक नेपाली युवक हराईरहेका छन् ।
सुनसरी स्थाई घर भई विगत दुई वर्षदेखि पोर्चुगलको लिस्बोन नजिकै सान्ता पोलोनियामा बस्दै आएका अभिषेक आचार्य बेपत्ता भएका हुन् । २७ वर्षिय आचार्य सम्पर्कविहिन भएपछि नेपालमा रहेका परिवारले खोजी गरिदिन गैर आवासिय नेपाली संघ पोर्चुगलमार्फत सबैमा आग्रह गरेका छन् । युवक हराएको सुचना एनआरएनए पोर्चुगलले आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको छ । अभिषेक हराएको बारे संघले स्थानिय प्रहरीमा समेत उजुरी गरिसकेको छ ।
सुचनामा भनिएको छ-‘तपाईं हामी जो कोहि पनि पोर्तुगलवासी नेपाली दाजुभाई दिदी बहिनीले निजलाई कहिँ कतै देख्नु भएमा वा भेट्नु भएमा तल उल्लेखित फोन नम्वर वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं’|
तपाईको प्रतिक्रिया