Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोना : १०२ जनाको मृत्यु, २६ हजार बढी संक्रमित

नेपालमा कोरोना : १०२ जनाको मृत्यु, २६ हजार बढी संक्रमित


काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ६८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४७ पीसीआर परिक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा कहाँ कहाँ थपिए संक्रमित ?
काठमाडौंमा ८०, ललितपुर र भक्तपुरमा ९/९ जना, मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२, धनुषाका २७, मकवानपुरका २१, सुनसरीका १६, बर्दियाका १४, बाँके, दाङ र कास्कीका ११/११ जना, काभ्रे, दोलखा, चितवन र महोत्तरीका ९/९ जना, खोटाङ ६, सप्तरी, सिराहा र सुर्खेतका ५/५ जना, रौतहट ४, रामेछाप र दैलेखका ३/३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँका २/२ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङका एकएक जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणका कारण कपिलवस्तु, पर्सा र धनुषाका एकएक जना गरेर थप तीन जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २ पुगेको छ । अहिलेसम्म संक्रमित ८ हजार १ सय ९३ देशका विभिन्न कोभिड अस्पतालमा उपचाररत रहेका छन् ।

कोरोना उपचार
देशभरका विभिन्न अस्पतालका आइसीयूमा ९८ जना र भेन्टिलेटरमा ४ जना संक्रमित उपचाररत छन् । देशभर कोरोना उपचारका लागि आइसीयू बेड संख्या ९ सय ४२ र भेन्टिलेटर ४ सय ९६ रहेको छ । पछिल्लो २४ घण्टामा १ सय २४ डिस्चार्ज भएसँगै १७ हजार २ सय १ ले कोरोना जितेका छन् ।

शनिबार साँझसम्म १४ हजार ४ सय ४८ जना देशका विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेका छन् । मोरङ, पर्सा, रौतहट महोत्तरी काठमाडौंमा ५ सय बढी संक्रमित रहेका छन भने संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमितको संख्या शून्य छ ।

काठमाडौं लगायत देशका धेरै स्थानमा कोरोना संक्रमितको संख्या बढेको र परिक्षणको प्रक्रिया समेत प्रभावकारी नभएको भन्दै सरकारले संक्रमितको सम्पर्कमा आएका वा जोखिम क्षेत्रमा पुगेका व्यक्तिहरु पाँच दिनसम्म आइसोलेसनमा बसेर मात्रै पीसीआर परिक्षण गर्न आग्रह गरेको छ । स्वास्थ्यकर्मीमाथी दुब्यवहार नगर्न नगराउन समेत सरकारले अपिल गरेको छ । देशभरका सम्पूर्ण मेडिकल कलेजलाई छुट्टै आइसोलेसन भवन र कक्ष तोकी स्विकृत बेडसंख्याको एक तिहाई बेड छुट्याएर कोरोना उपचारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ