Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअस्ट्रेलियाका आप्रवासी विद्यार्थीको कथा : सस्तोमा श्रम, गुनासो गरे कानुनी कारबाहीको डर !

अस्ट्रेलियाका आप्रवासी विद्यार्थीको कथा : सस्तोमा श्रम, गुनासो गरे कानुनी कारबाहीको डर !


एजेन्सी । कोरोना भाइरस कोभिड–१९ का कारण अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरु सबैभन्दा बढी मारमा परेका छन् । अष्ट्रेलियामा बसोबास गर्ने अधिकांश आप्रवासी विद्यार्थीहरूले महामारीका क्रममा श्रमको उचित मुल्य नपाएर शोषण सहनुपरेको र कोरोना सहयोग बारेको भुक्तानि रोकिएको गुनासो गर्न थालेका छन् । उनीहरुले आफ्ना साथीहरूलाई अष्ट्रेलिया अध्ययनका लागि नआउन समेत सुझाब दिन थालेका छन् । अध्ययनका अनुसार ५९ प्रतिशत अस्थायी भिसा बाहकहरुले कोभिड–१९ को समयमा अस्ट्रेलियालाई गन्तव्यको रूपमा सिफारिस नगर्ने आँकलन गरिएको छ ।

बेलायत, क्यानडा र आयरल्याण्ड जस्ता मुलुकमा अड्किरहेका अस्ट्रेलियाका विद्यार्थीहरूलाई मजदूरी सहायता दिइए पनि यस देशमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई जागिर दिने वा खोज्ने जस्ता संघीय पारिश्रमिक अनुदानमा सघाएको देखिदैन । यसले गर्दा धेरै प्रवासीहरूले सस्तो श्रम गर्न सहमति जनाएका छन् । गृह मामिला विभागले अस्थायी भिसा बाहकलाई आपतकालीन राहत दिन सरकारले ७ मिलियन डलर विनियोजन गरेको जानकारी दिएपनि केही केही आप्रवासी विद्यार्थी बाहेकले यसबाट लाभ पाउन सकेका छैनन ।

ब्राजिलकी छात्र रेनाटा तावरेस सिल्भाले आतिथ्यका लागि आवेदन दिइरहेकी थिइन र उनीलाई सिड्नीको माथिल्लो उत्तर किनारामा रहेको गोर्डनस्थित एउटा क्याफेमा payment घण्टा काम नगर्न भनियो । उनलाई पाँच घण्टाकाम गर्दा ३ घण्टा बराबरको अर्थात १७ डलर दिने प्रस्ताव गरिएको थियो । २७ वर्षीया सिल्भाले सित्तैमा काम गर्न आएको अनुभव भएपछि पाँच घण्टा बस्न इन्कार गरिन् । सुश्री तावरेस सिल्भाले फेयर वर्क ओम्बड्सम्यानलाई आफ्नो अनुभवको बारेमा गुनासो गरेकी थिइन । तर उनले पाएको न्याय र अष्ट्रेलियामा अन्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भोकेको कथाले उनलाई थप निराश बनायो । उनले भनिन- ‘मैले सुनेअनुसार यहाँ कतिपय विद्यार्थीलाई रोजगारदाताले १३ डलरदेखी ८ डलरसम्म प्रस्ताव गरेका रहेछन् । यो समस्या नेपाली विद्यार्थीमा समेत देखिएको छ ।’ विदेशबाट अस्ट्रेलिया आएका अधिकांश विद्यार्थी जागिर नपाउने, सरकारबाट सहयोग नपाउने, जागिर पाएपनि धेरै समय श्रम गर्दा न्यून ज्याल पाउने लगायतका समस्यामा छन् ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अध्ययन गरिरहेको बेला हप्तामा २० घण्टा काम गर्न पाउने व्यवस्था भएपनि आप्रवासी विद्यार्थीहरु एक त रोजगारी नै नपाउने पाएपनि थोरै समय सस्तोमा श्रम गर्नुपर्ने बाध्यतामा देखिएका छन् । रोजगारदाताहरूले समेत विद्यार्थीहरूलाई ओभरटाइन नदिई थप घण्टा काम लगाउन दबाब दिएको पाइएको छ । रोजगारदाताले शोषणका बारेमा बारेमा गुनासो गरे श्रम मापदण्ड तोडेको, भिषा सकिएको लगायतका बिषयमा अध्यागमनमा रिपोर्ट गरेर देश निकाला गर्ने धम्की दिनेगरेको विद्यार्थीहरु बताउँछन् । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ज्याला अनुदान नदिने निर्णय गर्ने जनाएसँगै लाखौँ आप्रवासी विद्यार्थी मारमा पर्ने देखिएको छ । यसको प्रभाव नेपाली विद्यार्थीमा समेत पर्न थालेको छ ।

कोरोनाको समयमा आप्रवासी विद्यार्थीले भोक्नुपरेको समस्याले अस्ट्रेलियामा अरुलाई अध्ययन गर्न वा काम गर्ने छुट्टीको लागि सिफारिस गर्ने सम्भावना घट्ने देखिएको छ । हुनत, संघीय सरकारले आप्रवासी विद्यार्थीहरू र अस्थायी भिसा बाहकलाई बारम्बार राज्यलाई सहयोग गर्न नसक्ने हो भने घर फर्कन आग्रह गर्दै आएको छ ।

कोभिड १९ ले अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा पारेको प्रभाव बारे यूनियन NSW सर्वेक्षणले पत्ता लगायका तथ्यहरु यस्ता छन् ।
६० प्रतिशतले आफ्नो जागिर गुमाएका छन्,
२५ प्रतिशतको रोजगारीको समय घटाइएको छ ।
३१ प्रतिशतसँग भाँडा तिर्न पैसा नभएको पाइएको छ । थिएन र आसन्न आसन्न
३ प्रतिशत घरबारविहीन भएको पाइएको छ ।
२६ प्रतिशत पैसा बचाउन आफ्नो बेडरूम साथीसँग सेयर गरेको बसिरहेका छन् ।
४६ प्रतिशतले पैसा अभावमा नियमित खाना घटाएको पाइएको छ ।

Photo – ABC News



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ