Techie IT
Monday July 26, 2021  |   सोमवार, साउन ११, २०७८
गृहपृष्ठ » Breaking News » नेपालका ३२ जिल्लामा निषेधाज्ञा, संक्रमणसँगै बढ्दै त्रास

नेपालका ३२ जिल्लामा निषेधाज्ञा, संक्रमणसँगै बढ्दै त्रास


347 Views

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा बुधबार मध्यरातदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । उपत्यकामा एकैदिन दुई सयभन्दा बढी र देशभर एक हजारभन्दा बढी संक्रमित पहिचान भएर रेकर्ड बनेपछि निषेधाज्ञा लगाउने निर्णय भएको हो ।

सरकारले गत साउन ६ गते मध्यरातबाट लकडाउन अन्त्य भएको घोषणा गरेसँगै उपत्यकासहित देशभर संक्रमितको संख्या ह्वात्तै बढेको छ । गृहमन्त्रालयका अनुसार देशभर पुर्ण निषेधाज्ञा लगाइएका जिल्लाका संख्या १९ र आंशिक निषेधाज्ञा लागू भएका जिल्लाको संख्या १३ पुगेको छ । तीन वटा जिल्ला पूर्ण लकडाउनमा छन् भने चार वटा जिल्लामा आंशिक लकडाउन रहेको छ ।

यस्तो छ, लकडाउन र निषेधाज्ञाको पूर्ण बिवरण

 

क्याटेगोरी : Breaking News, Nepal, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-