Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोना संक्रमणबाट थप ४ को मृत्यु, मृतकको संख्या १३० पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ४ को मृत्यु, मृतकको संख्या १३० पुग्यो


काठमाडौं । कोरोना संक्रमणका कारण आज विहान मात्रै थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ३० पुगेको छ । काठमाडौंको पाटन अस्पतालमा उपचाररत दुई जना, बुटवलको कोरोना बिशेष अस्थाई अस्पतालमा उपचाररत एक जना र विराटनगरमा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । यस्तै, कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल अभावमा होमआइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ सरोचियाका का ४५ वर्षीय पुरुषको समेत मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीया पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ ।

कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका रौतहटका एक जना पुरूषको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको छ । ज्वरो, खोकी, पखाला र श्वासप्रश्वासमा समस्या देखिएपछि शिवदर्शन सेन्ट्रल अस्पताल रौतहटबाट वीरगञ्ज रिफर गरिएका उनको मृत्युपछि स्वाबको नमुना संकलन गरिएको छ । यस्तै, चार दिनदेखि उच्च ज्वरो आएपछि उपचार गर्न धरान जाने तयारी गर्दागर्दै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ निवासी ३२ वर्षीया महिलाको मृत्यु भएको छ । कोरोनाको आशंका सहित स्वाब संकलन गरेर परिक्षण गरिएको नगरपालिकाले जनाएको छ ।

नेपालमा मात्रै कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ३० पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ