Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन्, प्रमुख पाँच खबर

नेपाल अपडेट : यी हुन्, प्रमुख पाँच खबर


काठमाडौं । नेपालमा चर्चासँगै विभिन्न सञ्चारमाध्यममा प्राथमिकता पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टिसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या १९ हजार ११९ पुगेको छ । देशभर कोरोना संक्रमणबाट गम्भीर भई १५० जना आईसीयूमा उपचाररत छन् । भने बागमती प्रदेशमा १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । सरकारी तथ्यांक अनुसार कोरोना संक्रमणबाट १ सय ६४ जनाको निधन भएको छ ।

नेपालमा कोरोना खोपको क्लिसनकल परिक्षण
नेपालमा चीन, रुस र बेलायतमा बनेका कोरोना भाइरसबिरुद्धको खोपको क्लिनिकल ट्रायल गरिने भएको छ । चीनमा बनाइएको भ्याक्सिन १ हजार जनाका लागि ट्रायल गर्न भन्दै आएको प्रस्ताव स्विकृत भएको छ । विश्वमा विभिन्न सातवटा कम्पनीले भ्याक्सिन निर्माण गरी क्लिनिकल ट्रायलको तेस्रो चरणमा पुगेको अवस्था रहेपनि ती मध्ये तीनवटा कम्पनीसँग मिलेर नेपालमा पनि क्लिनिकल ट्रायल गर्न लागिएको हो । रुसमा बनेको भ्याक्सिन, चीनमा बनेको भ्याक्सिन र अक्सफोर्ड विश्वविद्यालयको समुहले बनाएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा पनि गर्न प्रस्ताव गरिएको थियो । यसमध्ये चिनको होङसी कम्पनीले निर्माण गरेको भ्याक्सिन एक हजार जनाका लागि ट्रायल गर्न प्रस्ताव आएको छ ।

रुसमा निर्माण भएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा गर्न र उत्पादन सम्भाव्यता भए नेपालले पनि भ्याक्सिन बनाउनका लागि लगानी गर्ने सम्बन्धमा प्रस्ताव आएको छ । रुस र अक्सफोडको भ्याक्सिन विषय विज्ञ सहितको स्वतन्त्र बोर्डले आवश्यक अध्ययन गरेपछि मात्रै क्लिनिकल ट्रायलका लागि स्वीकृति दिने बताइएको छ । भ्याक्सिनको क्लिनिकल ट्रायल बारे स्वास्थ्य मन्त्रालय छलफल रहेको छ । सबै चरणका क्लिनिकल ट्रायल पास भएका भ्याक्सिनलाई डब्लुएचओले स्वीकृति दिएपछि विश्वव्यापि प्रयोगमा आउनेछन् ।

नेपाल आउने रेमिट्यान्समा कोरोना प्रभाव
विश्व बैंकले कोभिड–१९को महामारी सुरु हुनासाथ नेपाल आउने रेमिट्यान्समा १४ प्रतिशतसम्म गिरावट आउने आँकलन गरेको थियो । नेपाल राष्ट्र बैंकले पनि ५ देखि १० प्रतिशतशसम्म रेमिट्यान्स आप्रवाह घट्ने अनुमान गरेपनि आर्थिक वर्ष २०७६ ७७ मा रेमिट्यान्स आप्रवाहमा ०.५ प्रतिशत मात्रै गिरावट आएको छ । आर्थिक वर्ष २०७५र७६ मा १६.५ प्रतिशतले बढेको रेमिट्यान्स गत आर्थिक वर्षमा भने कोरोना महामारीका कारण घटेको हो । राष्ट्र बैंकका अनुसार कोरोना भाइरसको असरकाबीच ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल आएको छ ।

यो रकमलाई डलरसँग तुलना गर्दा भने ३ प्रतिशतले कम हो । यसवर्ष ८ खर्ब ७९ अर्ब २७ करोड रेमिट्यान्स भित्रिएको थियो । वैदेशिक रोजगारीमा जानेको संख्या पनि गत वर्ष गिरावट आउँदा पनि रेमिट्यान्स नघट्नुले प्रक्षेपण गरिएजस्तो संख्यामा विदेशमा कार्यरत नेपालीहरु प्रभावित छैनन भन्ने आँकलन राष्ट्र बैंकले गरेको छ । आर्थिक वर्ष २०७६र७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने २०.५ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले महामारीको बीचमा पनि रेमिट्यान्स अगमन गत वर्षकै हाराहारीमा रहनुलाई सकतारात्मक मानेको छ ।

कोरोना परिक्षणको रिपोर्ट २४ घण्टामा दिनुपर्ने
संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना परिक्षण गरेकाहरुको रिर्पोट २४ घटाभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । पिसिआर रिपोर्ट आउन हप्ता दश दिनसम्म लागेको र कतिपयको मृत्यभएपछि मात्रै रिपोर्ट आएको भन्दै सर्वत्र विरोध भइरेका बेला संसदीय समितिले २४ भण्टाभित्रै रिपोर्ट उपलब्ध गराउने अवस्था सिर्जना गर्न सरकारलाई ध्यानाकर्षण गराएको हो । समितिले पिसिआर परिक्षणको दायर बढाउँदै एक घर एक व्यक्तिको जाँच गर्न निर्देशन दिएको छ । आइसोलेसन सेन्टर, भेन्टिलेटरको संख्या बढाउन पनि सरकारलाई संसदीय समितिले सुझाव दिएको छ ।

सरकारलाई एनआरएनएको सुझाब
गैह्र आवासीय नेपाली संघ(एनआरएनएले विश्वभर छरिएर रहेका स्वास्थ्य विज्ञहरु नेपाल सरकारसँग सहकार्य गरेर कोरोना महामारि रोकथममा भूमिका खेल्न आतुर रहेको भन्दै वातावरण मिलाई दिन आग्रह गरेको छ । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउँदै एनआरएनले विकसित देशहरुमा सिकेको सीप, ज्ञान र विज्ञता सदुपयोगका निम्ति तत्काल वातावरण मिलाउन आग्रह गरेको हो । गैरआवासीय नेपालीहरु आफूले आर्जन गरेका ज्ञान र सीपलाई मुलुकको समृद्धिका लागि पनि प्रयोग गर्न अझै लालायित रहेको एनआरएनले जनाएको छ ।

उच्च स्वास्थ्य सावधानीका मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन तथा बेखर्ची भएर अलपत्र परेकाहरुलाई बिनाशर्त वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत् उद्धार गर्नसमेत आग्रह गरेको छ । अझै हजारौं नेपाली उतै रोकिएकाले चिन्ता बढाएको छ । एकातिर चार्टर्ड उडानको अति नै महंगो भाडा तिर्नुपर्ने बाध्यता र अर्कोतिर फर्कन पाउने वा नपाउने भन्ने अन्योलले विदेशमा रहेकाहरुलाई थप पिरोलेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ