Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News‘विदेशमा अप्ठेरोमा परेका नेपालीलाई भेदभावरहित उद्धार गर्नु’ –एनआरएनए

‘विदेशमा अप्ठेरोमा परेका नेपालीलाई भेदभावरहित उद्धार गर्नु’ –एनआरएनए


काठमाडौं । गैरआवासीय नेपाली संघ –एनआरएनए) ले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई विना भेदभाव उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आयोजना गरेको भर्चुअल बैठकमा सहभागी हुँदै एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले सरकारले उद्धार गर्दा कसैलाई पनि भेदभाव गर्न नहुने बताएका हुन् ।

‘राज्यले श्रम गरेर आएका र श्रम बिनै अवैधानिक रुपमा बसोबास गरेका भनेर भेदभाव गर्नुहुँदैन । यसरी उद्धार र राहतमा नपरेका पनि नेपाली नै हुन् ।’ प्रवक्ता क्षेत्रीले भने । विदेशमा अप्ठेरोमा परेका नेपाली फर्काउँदा १ अर्ब पनि खर्च नहुने भन्दै उनले राज्यलाई रेमिटेयान्स दिलाएर देश धान्नेहरु सीमामा गएर लड्ने भन्दा कम नहुने बताए । विदेशमा घरेलु कामदारका रुपमा रहेका महिलाहरु समस्यामा रहेको भन्दै पहिलो प्राथमकिता उनीहरुलाई दिनुपर्नेमा जोड दिए ।

नेपाल फर्किएपछि पनि महिला तथा श्रमिकलाई मनोपरामर्श दिनुपर्ने क्षेत्रीले बताए । विदेशबाट फर्किएका सबैले कोरोना लिएर आएको जस्तो गरी दुव्र्यवहार नगर्न समेत उनको आग्रह थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ