Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरियामा आँधी : चार वर्षीया बालक सहित तीन जनाको मृत्यु

भिक्टोरियामा आँधी : चार वर्षीया बालक सहित तीन जनाको मृत्यु


अस्ट्रेलिया । भिक्टोरियामा ठूलो आँधीबेहरीले चार वर्षीया बालक सहित तीन जनाको मृत्यु भएको छ । बिहिबार साँझ भिक्टोरियाको ब्ल्याकबर्न दक्षिणतर्फ रूख ढलेर गम्भिर घाइते भएका बालकलाई उपचारका लागि अस्पताल पुर्याइएपछि मृत्यु भएको हो ।

यस्तै बेल्ग्रेभस्थित कारपार्क शपिंग सेन्टर अडाडी एउटा रूख कारमा खस्दा ५९ वर्षीया बृद्धको मृत्यु भएको छ । फर्नशाहको मारुन्डाह राजमार्गमा गाडीमाथी रूख खस्दा ३६ वर्षीया महिलाको ज्यान गएको छ । उनीसँगै सवार २४ वर्षीया पुरुष र चालक सामान्य घाइते भएपछि उपचारका लागि अस्पताल लगिएको छ । भिक्टोरियन एसईएसले मद्दतका लागि १७ सय कलहरु प्राप्त भएको र १ लाख २० हजार भन्दा बढी घरहरूमा बिद्युत अवरुद्ध भएकोमा धेरै स्थानमा आपूर्ती व्यवस्था मिलाइएको छ ।

एसईएस उप प्रमुख डेभिड बेकरले पछिल्ला १८ घण्टा गाह्रो र दुखद भएको बताएका छन् । अगस्ट २७ को मध्यरातीदेखी आएको ठूलो आँधीबेहरीले मेलबोर्न सीबीडी हुँदै पूर्वी महानगरीय उपनगरहरू र यारा पर्वतमालामा बढी क्षति पुगेको अधिकारिहरुले बताएका छन् । सडक प्रयोगकर्ताहरूलाई मेलबोर्नको पूर्वी उपनगरहरू र यारा पर्वतमालातर्फको यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

News Credit: 7NEWS



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ