Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपारिश्रमिकमा लैंगिक समानता : अस्ट्रेलियामा पुरुषको भन्दा महिलाको कमाई १४ प्रतिशत कम

पारिश्रमिकमा लैंगिक समानता : अस्ट्रेलियामा पुरुषको भन्दा महिलाको कमाई १४ प्रतिशत कम


अस्ट्रेलिया । यतिबेला विश्वका अधिकांश देशमा पारिश्रमिकमा लैंगिक समानता कायम गराउने अभियानहरु च्लिरहेका छन् । तर महिला र पुरुषले एउटै प्रकृतिका काम गर्दा समेत पाउने तलको असमानता कायमै छ ।

अष्ट्रेलियामा काम गर्ने महिलाहरुले पनि पुरुषहरूको तुलनामा कम पारिश्रमिक पाउने गरेका छन् । अघिल्लो बर्षसम्म तलबमा २० प्रतिशत हाराहारिको अन्तर रहेको अस्ट्रेलियामा अहिले भने महिला र पुरुषको पारिश्रमिकमा १४ प्रतिशत अर्थात समग्रतामा २५३ डलरको अन्तर देखिएको छ । पारिश्रमिकको अन्तर राज्य अनुसार फरक-फरक पाइएको छ । अस्ट्रलियाका भिविन्न राज्य अनुसार औसतमा प्रति हप्ता १३१ डलरदेखी ४५४ डलरसम्मको तलबमा भिन्नता छ ।

विगत भन्दा पारिश्रमिकमा रहेको लैंगिक असमानताको दर घट्दै गएपनि एउटै काम गर्ने महिला र पुरुषले फरक-फरक तलब पाउने अवस्था भने विद्यमान नै छ । तलबमा रहेको लैंगिक असमानताको राष्ट्रिय औषत घटेपनि सबै राज्य र भूभागमा महिलाहरू औसतमा कम कमाउँछन् ।

कार्यस्थल लैंगिक समानता एजेन्सीको तथ्यांक अनुसार अस्ट्रेलियाका राज्यमा रहेको तलबको असमानता यस्तो छ ।

Source: Workplace Gender Equality Agency



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ