Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमास्कले कसरी छेक्छ कोरोना ? विशेष सतर्कता अपनाउन विज्ञको सुझाब

मास्कले कसरी छेक्छ कोरोना ? विशेष सतर्कता अपनाउन विज्ञको सुझाब


काठमाडौं । विगतमा धुलो धुँवाबाट बच्न लगाइने मास्क अहिले हरेकका लागि अनिवार्य प्रयोगको साधन जस्तै बनेको छ । पछिल्लो समय कोरोना भाइरस बिरूद्धको लडाईमा अनुहारको प्रतीक बन्ने गरेको छ, मास्क ।

विश्व स्वास्थ्य संगठनसँगै हरेक देशका सरकारले कोरोनाबाट बँच्न मास्कको अनिवार्य प्रयोग गर्न सुझाब दिइरहेका छन् । कोरोना भाइरसबाट जोगिन एन नाइन्टि फाइभ र मेडिकल मास्कहरूसँगै कपडाका माक्सहरु समेत प्रयोग भइरहेका छन् । तर माक्स लगाउँदा निश्चित मापदण्ड र बिधिको ख्याल आम उपभोक्ताले गरेको पाइदैन । जनस्वास्थ्य बैज्ञानिक डा. समिरमणि दीक्षित नाइन्टि फाइभ सबै भन्दा पहिचान योग्य र प्रभावकारी मास्क रहेको बताउँछन् । कम्तिमा ९५ प्रतिशत साना कणहरू रोक्ने भएकाले नै यसको नाम एन नाईन्टि फाइब राखिएको उनी बताउँछन् ।

अन्य सर्जिकल मास्कहरुले ६० देखि ८० माइक्रोनसम्मका साना कणहरूलाई फिल्टर गर्ने भएकाले राम्रोसँग लगाउँदा कोरोना भाइरसको फैलावट रोक्ने जनस्वास्थ्य वैज्ञानिकहरुको दाबी छ । माक्सले कसैले खोक्दा र हाछ्ँयु गर्दा समेत जीवाणुहरु रोक्ने विश्वास गरिएको छ । तर जनस्वास्थ्यविद्हरु नाक पुरै छोप्नेगरि मिलाएर लगाइएको माक्सले मात्रै जोखिमबाट बचाउने बताउँछन् । बारम्बार माक्स खोल्ने लगाउने, लगाउँदा समेत नाककाृे पुरै भाग नछोप्ने जस्ता कमजोरीले माक्स प्रयोग गर्नेहरुमा समेत जोखिम बढाएको पाइएको छ ।

हातले कुनै जोखिमयुक्त बस्तु छुने अनि त्यही हातलाई डिसईन्फेक्सन नै नगरि माक्स खोल्ने लगाउने नगर्न, नाकको पुरै भाग ढाकेर जिवाणु रोक्नेगरी लगाउन विज्ञहरुले सुझाब दिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ